लोक सेवा सम्बन्धी वस्तुगत प्रश्नोत्तर

२६ असार २०७५, मंगलवार १५:०१
 

१. महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण एवं वित्तीय अनुशासनको प्रभावकारीता अभिवृद्धि गर्ने उदेश्यका साथ कति वर्षे कार्ययोजना अघि सारेको छ ? 
— ६ वर्षे (वि.सं. २०७४ – २०८०)

२. नेपाल र भारतबीचका सन्धि सम्झौता पुनरावलोकन गरी सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (इपीजी) को नवों बैठक कहिले सम्पन्न भयो ? 
— वि.सं. २०७५ असार १५

३. वि.सं. २०७५ असार १५ मा मनाइएको १५ औं राष्ट्रिय धान दिवसको नारा केहो ? 
— धान उत्पादनमा वृद्धि : राष्ट्रको समृद्धि

४.मित्रराष्ट्र बङ्गलादेशसँग दाहोरो करमुक्ति सम्झौता (डिटिएए)  लागि मन्त्रिपरिषदबाट कहिले स्विकृति प्रदान गरिएको हो ? 
— वि.सं. २०७५ असार १४ (सन् २०१८ जून २८)

५. नेपालमा वायुसेवा निगमले इतिहासमै पहिलोपटक वाइड बडी जहाज कहिले भित्र्यायो ? 
— वि.सं. २०७५ असार १४


६. पिछडिएका जनताको जीवनस्तर उकास्न, उद्योग स्थितिमा सुधार ल्याउन, निर्यात बढाउनजस्ता विशेष अवस्था निश्चि अवधिका लागि कर नलगाउने वा कर छुट दिने व्यवस्थालाई के भनिन्छ ? 
— ट्क्याक्स होलीडे

७. ‘For a Living Planet’ कुन संस्थासँग सम्बन्धित छ ? 
— विश्व वन्यजन्तु कोष (WWF)

८. वि.सं.२०७५ मा प्रदान गरिने राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुने किसान को हुन् ?
— गोरखा पालुङटारका राजेन्द्र पन्त, गाईपालनमा उच्च सफलता हासिल गरेबापत (पुरस्कार राशिःरु २ लाख)

९. स्मार्ट प्रविधिको प्रयोग बढाई ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उदेश्यका साथ ट्राफिक मोबाइल एपको शुभारम्भ कहिले गरियो ?
— वि.सं.२०७३ वैशाख २०

१०. सबैभन्दा बढी औषत आयु भएको सार्क राष्ट्र कुन हो ? 
— माल्दिभ्स (७७ वर्ष) (सबैभन्दा कम भएको अफगानस्तान ६० वर्ष )

Next Post

लोक सेवा सम्बन्धी विषयगत प्रश्नोत्तर

२६ असार २०७५, मंगलवार १५:०१
१. नेपालको संविधानमा शिक्षासम्बन्धी के कस्तो हकको व्यवस्था छ ? नेपालको संविधानको धारा ३१ म शिक्षालाई मौलिक हकको रुपमा लिई देहायको व्यवस्था गरिएको छ : — प्रत्येक नेपाली नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने, — प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको हिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने […]

सम्बन्धित