कोरोना देखिएपछि बन्द सरकारी कार्यालय खुले

३२ श्रावण २०७७, आईतवार १३:५३
 

नेपालगञ्ज : कर्मचारीलाई कोरोना देखिएपछि बन्द रहेका बाँकेका सरकारी कार्यालय आइतवारदेखि खुलेका छन् । नेपालगञ्ज उपमहानगरपालिका, यातायात कार्यालय र आन्तरिक राजश्व कार्यालय आइतवारदेखि खुलेका हुन् । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कार्यालय खोलिएका हुन् ।

जनप्रतिनिधि र कर्मचारीमा कोराना देखिएपछि साउन १९ गतेदेखि शिल गरिएको नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय सुचारु भएको छ भने वडा कार्यालय पनि खुलेका छन् । त्यस्तै कर्मचारी र परिवारका सदस्य गरी १२ जनामा कोरोना देखिएपछि साउन ११ गतेदेखि बन्द रहेको आन्तरिक राजश्व कार्यालय पनि आइतवारदेखि खुलेको छ ।


आधा कर्मचारीबाट मात्र सेवा सुचारु गरेको कार्यालय प्रमुख प्रकाश पौडेलले जानकारी दिए । कोरोना संक्रमित कर्मचारीलाई अझै सात दिन होम आइसोलेशनमै बस्ने ब्यवस्था मिलाएको बताउँदै उनले बाँकि रहेका कर्मचारीबाट कार्यालयको सेवा शुरु गरिएको बताए ।

यस्तै यातायात कार्यालय पनि आइतवारदेखि खुलेको छ । कार्यालय खुलेपनि सेवा भने अझै सुचारु गरिएको छैन । यातायात कार्यालय पनि साउन १२ गतेदेखि बन्द थियो ।

Next Post

रुसमा कोरोनाविरुद्धको खोप उत्पादन शुरु

३२ श्रावण २०७७, आईतवार १३:५३
काठमाण्डौ : रुसले कोरोना भाइरसविरुद्धको खोप उत्पादन शुरु गरेको छ । यो महिनाको अन्तिममा खोप लगाउन शुरु गर्ने गरी उत्पादन थालिएको रुसको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । गत मंगलवार रुसले यो खोप मानिसमा परीक्षण गरेको थियो । खोपको विश्वसनियतामा प्रश्न नउठोस् भनेर राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै छोरीमा […]