तेइस गाईको मृत्युबारे मन्त्री राईको ध्यानाकर्षण

१३ भाद्र २०७६, शुक्रबार १८:०६
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : सुर्खेतको कटकुवा जंगलमा मृत भेटिएका गाईको हत्या भएको हुनसक्ने भन्दै शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले उक्त घटनाको छानविन गर्न गृहमन्त्रालयलाई पत्राचार गरेका छन् । मन्त्री राईले शुक्रवार घटनाको आवश्यक छानविन गरी दोषीलाई कारवाही गर्न गृहमन्त्रालयमा पत्राचार गरेका हुन् ।
सुर्खेतको कटकुवास्थित जंगलमा २३ वटा गाई शुक्रवार बिहान मृत अवस्थामा भेटिएका थिए । नेपालगञ्जबाट दैलेखको श्रीस्थानकालागि लगिएका गाईहरु सुर्खेतको जंगलमा मृत भेटिएपछि सामुहिक गौहत्या भएको भन्दै चौतर्फी बिरोध भईरहेको छ । वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर ४, ७ र १४ को बीचमा पर्ने जंगलभित्रको सडक छेउबाट गाई मरेका अवस्थामा भेटिएका हुन् ।
नेपालगञ्जबाट ८ वटा ट्रकमा लोड गरि करीब २ सय ९१ वटा गाई दैलेखको श्रीस्थानतर्फ पाठाएको जिल्ला प्रशासन कार्यालय बाँकले स्विकार गरेको छ । त्यहाँका किसानहरुले पाल्नका लागि गाईको माग गरेपछि त्यतर्फ पठाईएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताएका छन् । तर बाटोमै भिरबाट गाई खसालेर हत्या गरिएको हुनसक्ने जनतामा आशंका उत्पन्न भएको छ । अन्य गाई घाईते भएका छन् ।

Next Post

जीप दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाईते

१३ भाद्र २०७६, शुक्रबार १८:०६
सदरलाइनडटकम, अछाम : अछाममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिकाको वडा नम्वर ७ नन्देगडामा जीप दुर्घटना हुँदा सोही ठाउँका कौशी साउद र किथ्थी साउदको मृत्यु भएको वडा नम्वर ७ का अध्यक्ष नरवहादुर साउदले जानकारी दिए । साँफेबगरवाट मेल्लेख गाउँपालिकाको कुस्कोट जाँदै गरेको से १ ज […]