सदरलाइनडटकम,
दाङ : दाङको दंगीशरण गाउँपालिकामा थारु कल्चरल भिलेज निर्माण कार्य शुरु भएको छ । रानी बनमा भिलेजको प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले शिलन्यास गरेका हुन् ।
प्रदेश नं. ५ सरकारको २ कारोड लगानीमा निर्माण हुन लागेको उक्त भिलेजको शिलन्यास गर्दै मुख्यमन्त्री पोखरेलले दंगीशरण थारु समुदायको ऐतिहासिक ठाउँ भएकाले पर्यटकीय हिसाबले आकर्षित गर्न सकिने बताए ।
त्यसका लागि थारु कल्चरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई छ । सरकारी स्तरबाट मात्रै नभई समुदायले पनि तदारुकता देखाउनु पर्ने भन्दै उनले पर्यटनको विकासका लागि होमस्टेको अवधारणा अघि बढाउनु पर्ने बताए ।
