बर्फानी बाबामाथि भएको आक्रमणविरुद्ध ज्ञापनपत्र

सदरलाइन संवाददाता ७ आश्विन २०७७, बुधबार १७:३०
 

नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ३ स्थित बाबा बर्फानी मन्दिरका बर्फानी बाबामाथि भएको सांघातिक आक्रमणप्रति हिन्दुवादी संघसंस्थाहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

बिश्व हिन्दु परिषद नेपालका अध्यक्ष बृजेशबहादुर सिंह, शिवसेना बाँकेका अध्यक्ष राजकुमार रौनियार, आर्य समाजका कोषाध्यक्ष श्याम शाक्य, नेपाल शिवसेनाका मंगल घर्तिमगर र सनातनी मञ्चका गौरव जयसवालले संयुक्तरुपमा ज्ञापन पत्र बझाएका छन् ।

हिन्दुवादी संघसंस्थाले घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै बुधवार बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । नेपालमा साधु सन्तसहित सर्वसाधारणसमेत सुरक्षित नहुनु दुर्भाग्यपूर्ण भएको ज्ञापनपत्रमा उल्लेख छ ।


हिन्दु धर्मालम्बीहरुको आस्थासँग जोडिएको मर्ममाथि भएको आक्रमणो सम्पूर्ण हिन्दु समाज मर्माहित भएको भन्दै घट्नाको कडा शब्दमा निन्दा गर्दै घट्नामा संलग्नहरुलाई यथाशीघ्र कानुनी दायरामा ल्याई सार्वजनिक गर्न माग गरिएको छ ।

साथै बाबा बर्फानीको सुरक्षा व्यवस्था मिलाउन माग गर्दै निरन्तर हिन्दु आस्था र बाबामाथिको आक्रमणको घट्ना बढ्नुले बाँकेको फितलो सुरक्षा प्रमाणित गरेको सम्बन्धित संघसंस्थाहरुको ठहर छ ।

Next Post

बिहीवार उन्नाइस जना घर फर्के

७ आश्विन २०७७, बुधबार १७:३०
नेपालगञ्ज : बाँकेबाट बिहीवार १९ जना कोरोना जितेर घर फर्केका छन् । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द, भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरी, जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत दुई प्रहरी जवानलगायत ४ महिला र १५ पुरुष गरी १९ कोरोनामुक्त भई […]

सम्बन्धित