बाँकेमा चिसो बढ्यो, घर बाहिर निस्कनै मुश्किल

सदरलाइन संवाददाता २६ पुष २०८०, बिहीबार १७:२०
 

नेपालगञ्ज : केहि दिनदेखि मौसममा आएको स्वभाविक परिवर्तनले तराईमा चिसो ह्वात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरी कुहिरोका कारण घाम नलागेपछि तराईमा चिसो बढेको छ । बाँकेमा दुई दिनदेखि शितलहर पर्न सुरु गरेको छ । सिमसिम पानीजस्तै पर्न थालेपछि चिसो थप बढेको छ । बाँकेमा अधिकतम तापक्रम १३ डिग्रीको आसपासमा झरेको छ । ४० डिग्री माथिको तापक्रममा अभ्यस्त नेपालगञ्जबासी तापक्रम १३ डिग्री आसपासमा झरेपछि अधिक चिसोको महसुस गरेका छन् ।

हातखुट्टा ठिहिर्याउने चिसोसँगै चल्ने चिसो हावाले मानिसहरु घरबाहिर निस्कन सकेका छैनन् । बजार तथा शहरमा मानिसको चलहपहल कम भएको छ । सधैंजसो भिडभाड हुने सरकारी कार्यालयहरुमा पनि चिसोका कारण सेवाग्रहीहरु पातलिएका छन् । बिहानै खुल्ने व्यपारिक पसल र बजारहरु पनि ढिलो गरी खुलिरहेका छन । साँझ पख पनि चिसो झनै बढ्न थालेपछि बजारहरु सिम्साँझै सुनसान हुन थालेका छन । चिसो बढेपछि ज्याकेट र न्यानो कपडा पसलहरुमा ग्राहकको भिड बढेको छ ।


चिसो अझ बढ्न सक्ने अनुमानका कारण मानिसहरुले न्यानो लुगा जोहो गर्न थालेका छन् । बाक्लो हुस्सु र शीतका कारण राजमार्गको यातायात पनि प्रभावित भएको छ । कठ्याग्रिँदो चिसोसँगै बाक्लो हुस्सु लाग्नाले सवारी साधानको आवागमनमा असर पुगेको हो । बाक्लो हुस्सुले गर्दा भिजिविलिटी कम हुँदा सवारी साधनहरु कम गतिमा बत्ती बालेर गुड्न बाध्य छन ।

बाक्लो कुहिरोका कारण यातायातका साधनहरु दुर्घटना हुने सम्भावना बढेकाले आवश्यक सावधानी अपनाउन जिल्ला ट्राफिक कार्यालयले अनुरोध गरेको छ भने जिल्ला जनस्वास्थ्य कार्यालयले पनि चिसोबाट जोगिन तथा बालबालिका र वृद्धबृद्धाको विषेश ध्यान दिन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुबै देशका सुरक्षा अधिकारीद्वारा जमुनाहा नाकाको निरीक्षण

२६ पुष २०८०, बिहीबार १७:२०
नेपालगञ्ज : नेपालसँग सिमाना गाँसिएको भारतीय सीमावर्ती जिल्ला बहराईचका सुरक्षा अधिकारीहरूले यहाँस्थित नेपाल भारत सिमानाको निरीक्षण गरेर सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् । भारतको बहराईच जिल्लाका प्रहरी प्रमुख एसपी वृन्दा शुक्लाको नेतृत्वमा रहेको सुरक्षा अधिकारीहरूको एक टोलीले यहाँस्थित नेपाल भारत नाकाको निरीक्षण गरेर सुरक्षा अवस्थाको जानकारी लिएको हो । बहराईचका […]

सम्बन्धित