विजय पेलेट दानाको उत्पादन सुरु

२५ असार २०७५, सोमबार १८:४०
 

सदरलाइनडटकम 
कोहलपुर (बाँके) : नेपाल वेल होप एग्रीटेक इन्डस्ट्रीज प्रालिको विजय पेलेट दानाले आफ्नो उत्पादन सुरु गरेको छ । कोहलपुर नगरपालिका वडा नम्बर १४ पार्वतिपुर अवस्थित प्रालिले प्रति घण्टा २० टन दाना उत्पादन गर्ने गरी करिब ५० करोडको लगानीमा सोमबारबाट आफ्नो उत्पादन सुरु गरेको हो ।
नेपालकै पहिलो दाना उत्पादकका रुपमा रहेको सो प्रालिले पुर्ण हाई टेक्नोलोजी प्रयोग गरेर दाना उत्पादन सुरु गरेको सेल्स एण्ड मार्केटिङ्ग अफिसर रामचन्द्र रिजालले जानकारी दिए ।
पश्चिम नेपालकै ठूलो दाना उत्पादन उद्योगका रुपमा रहेको सो कम्पनिमा १ सय ५० जनाले रोजगारी समेत पाउने भएका छन । प्रदेश नम्बर ५, ६ र ७ का व्यवसायिक किसानहरुले यसको प्रतक्ष्य लाभ दिने कम्पनिका प्रोडोक्सन म्यानेजर डम्बर आलेले जानकारी दिए ।
उद्योगमा अत्याधुनिक चाइनिज प्रविधि अपनाइएकोले दाना उत्पादन उच्च क्वालिटिको गुणस्तर युक्त रहने प्रोडोक्सन म्यानेजर आलेले जनाए । आलेले कम्पनी स्थापनामा चिनिया लगानि समेत रहेको र बाताबरणमा कुनै असर नपु¥याउने ठोकुवा गरेका छन ।
दाना उत्पादन गर्न चाहिने कच्चा पदार्थ नेपालमा उपलव्ध भएसम्म नेपालकै र नेपालमा उपलव्ध नभएका सामाग्री भारत, चिन, सिङगापुर, जापान, दुबई, आइसल्याण्ड आदि देशबाट आयात गरीने कम्पनिले जनाएको छ ।
चितवन भरतपुरमा रहेको सो कम्पनिको दाना पश्चिम नेपालका किसानले मनपराएको र दानाको माग अत्याधिक हुन थालेपछि कोहलपुरमै विजय पेलेट दाना उत्पादन गर्ने गरी नयाँ उद्योग स्थापना गरीएको हो । 

Next Post

प्रदेश ५ को राजधानी र नाम कहिले तोक्ने ?

२५ असार २०७५, सोमबार १८:४०
सदरलाइनडटकम नेपालगन्ज : प्रदेशसभा ५ को प्रदेशसभा बैठकमा सांसदहरुले प्रदेशको नाम र राजधानी तोक्न आग्रह गरेका छन् । सोमबारको बैठकमा सांसदहरुले प्रदेशको नामाकरण र राजधानी तोक्न ढिलाई गर्न नहुने बताएका हुन् । सांसद भूमेश्वर चौधरीले राजधानी नतोक्दा प्रदेश ५ सुकुम्बासीजःतै भएको टिप्पणी गरे । ‘न नाम, न त राजधानी छ, […]

सम्बन्धित