नेपालगन्ज उप–महानगरको तेस्रो नगरसभा सकियो सरसफाई र हरियालीमा जोड

२१ असार २०७५, बिहीबार १९:४२
 

सदरलाइनडटकम
नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकालाई सफा र हरित उप–महानगर बनाउने उद्दघोषका साथ तेस्रो नगर सभा सम्पन्न भएको छ ।


 बिहीबार बसेको तेस्रो नगरसभाले आर्थिक वर्ष २०७५/७६ को लागि २ अरब ४३ करोड ३८ लाख ३८ हजार ३६ को वजेट पारित गरेको छ ।
गत असार १० गतेको तेस्रो नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रमसहितको वजेटमा बिहीबार परिमार्जनसहित पारित गरिएको जनाईएको छ । यसअघि नगरप्रमुख डा धवल शम्शेर राणा र उपप्रमुख उमा थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
नगर सभाले नेपालगन्ज उप–महानगरपालिकाको आर्थिक विधेयक र विनियोजन विधेयक स्वीकृत गर्दै सहित ४६ वटा महत्वपूर्ण निर्णय गरेको छ ।
आर्थिक वर्ष ०७५÷०७६ लाई बातावरण, सरसफाई तथा हरियाली वर्षका रुपमा लिइने लक्ष्यसहित नगरस्तरीय योजना तथा कार्यक्रम, लक्षित वर्गका कार्यक्रम, प्रर्वद्धनात्मक कार्यक्रम, वडास्तरिय कार्यक्रम, विषयगत शाखामार्फत सञ्चालन हुने कार्यक्रम समेतको वजेट पारित भएको हो ।
स्वीकृत आर्थिक विधेयकले करको दररेट, सेवाशुल्क, भाडा तोक्ने र करका नीतिहरु समावेश आर्थिक विधेयकल राजश्वको दायरा बढाई आन्तरिक श्रोत बृद्धिमा मद्यत पु¥याउने विश्वास गरिएको छ ।
नगर प्रमुख डा राणाको अध्यक्षतामा भएको बन्दसत्रमा व्यापक छलफल पश्चात स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६९(४) र दफा ७३(२) को व्यवस्था अनुसार वडास्तरबाटै अधिकृतस्तरको कर्मचारी र लेखा कर्मचारी उप–महानगरपालिकाले उपलव्ध गराएर तत्काल खाता खोल्ने निर्णय गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १३ बमोजिम न्यूनतम दररेट निर्धारणमा एकरुपता ल्याउन सरोकारवालासँगको समन्वयमा न्यूनतम दररेट निर्धारण गर्न नगर कार्यपालिकालाई अधिकार दिने, बेरुजु असुलीका लागि आवश्यक कारबाही गर्न पहल गर्ने, उपमहानगरपालिकाको लेखा प्रणालीमा सुधार ल्याई समय सापेक्ष लेखा प्रणाली लागू गर्ने, सरसफाई लगायत नगरवासीको हकहितसंग प्रत्यक्ष सम्बन्धित कार्य सार्वजनिक–निजी–साझेदारी अवधारणा अनुसार संचालन गर्ने, नगर क्षेत्रमा निर्माण हुने सरकारी÷सार्वजनिक भवनको नक्सा अपाङ्गमैत्री बनाउने नीतिलाई अवलम्बन गर्ने लगायतका निर्णय गरिएका छन् ।
विद्युतिय शवदाह निर्माणको सम्भाव्यता, वर्तमान कर प्रणालीमा सुधार, फोहरमैला तथा विपद् व्यवस्थापन, सरसफाई तथा वातावरण संरक्षणमा विशेष पहल गर्ने, आधुनिक एवं सुविधासम्पन्न स्टेडियम निर्माण गरिने, कैलाश मानसरोवर मन्दिर लगायत अन्य संरचना निर्माण गर्ने, गल्र्स कलेजको स्थापना गर्ने, मानव स्वास्थ्यमा नकारात्मक असर गर्ने सुर्तिजन्य र मदिराजन्य पदार्थको ओसारपसार, बेचविखन र उपयोगलाई निरुत्साहन गर्न विद्यालयको हातादेखि २ सय मिटरको क्षेत्रलाई सूर्तिजन्य एवं मदिराजन्य पदार्थको निषेधित क्षेत्र घोषणा गर्ने आदि निर्णय सभामा गरिएको छ ।
नगर उपप्रमुख उमा थापामगरले पारित नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि सवै पक्षको हातेमालो आवश्यक्तामा जोड दिईन । प्रमुख प्रशासकीय अधिकृत तोयानारायण सुवेदीले नगरको भौतिक पुर्वाधार विकासँगै मावव स्वास्थ्य र फोहर व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको बताए ।

Next Post

एचआईभी संक्रमितको उपचारमा अपनाईएको नयाँ नीतिबारे छलफल

२१ असार २०७५, बिहीबार १९:४२
सदरलाइनडटकम  नेपालगन्ज  : एचआईभी संक्रमितको उपचारमा अपनाईएको नयाँ नीतिले उनीहरुमा नयाँ जीवन दिने एक कार्यक्रमका सहभागीले औल्याएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको एआरटी परीक्षण उपचार पद्दतिको बारे स्वास्थ्यकर्मी र सरोकारवाला बीच अभिमुखिकरण कार्यक्रमका सहभागिले सो कुरा औल्याएका हुन । सो कार्यक्रममा सहजिकरण गर्दै भेरी अञ्चल […]