मेयर विष्टको निर्देशनमा सोलार बत्ती मर्मतको काम शुरु

सदरलाइन संवाददाता ३ श्रावण २०७९, मंगलवार १३:५६
 

नेपालगञ्ज : नेपालगञ्जको सुर्खेत रोडमा जडान गरिएका सोलार बत्ती मर्मत कार्य सुरु गरिएको छ । विगत लामो समयदेखि जडान गरिएका नगरभित्रका अधिकांस सोलार बत्ती बल्न छाडेपछि नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयले मर्मत कार्य शुरु गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टको निर्देशनमा सोलार बत्ती मर्मतको काम शुरु गरिएको बताइएको छ । नगर प्रमुख विष्टले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई उज्यालो शहर र हरियाली नगर बनाउने संकल्प गरेका छन् ।


सडकमा जडान भएका बत्ती बल्न छाडेकाले यसलाई मर्मत गरेर शहरलाई उज्यालो बनाउने उपमहानगरपालिकाको योजना छ । त्यसैले अब सोलार बत्ती मर्मतको काम शुरु भइसकेको नगर प्रमुख बिष्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कार्यरत करार तथा अस्थायी कर्मचारी नहटाउने निर्णय

३ श्रावण २०७९, मंगलवार १३:५६
नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकाले पालिकामा कार्यरत करार तथा अस्थायी कर्मचारी नहटाउने निर्णय गरेको छ । गाउँपालिकाको १२ औं गाउँसभाको निर्णय अनुसार गाउँपालिका तथा वडा कार्यालयहरुमा कार्यरत करार तथा अस्थायी कर्मचारीहरुलाई नहटाउने निर्णय गरेको हो । गाउँपालिकाको गत असार ८ गते बसेको कार्यपालिका बैठकबाट सिफारिस भई असार ३१ गते भएको […]

ताजा अपडेट