विकासे अनुगमनमा निस्कियो जिल्ला समन्वय समिति बाँके

१३ असार २०७५, बुधबार १९:४२
 

सदरलाइनडटकम,
नेपालगन्ज : जिल्लामा भईरहेका विकास निर्माणको गुणस्तर तथा कार्यप्रगतिको अवस्थाको जिल्ला समन्वय समिति बाँकेले अनुगमन सुरु गरेको छ ।
बुधबार जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तबको नेतृत्वमा जिल्ला समन्वय समितिका सदस्य चेतबहादुर घर्ती, जानुका क्षेत्रीलगायतको अनुगमनमा निस्केको प्रविधिक सहितको टोलीले नेपालगन्ज उप–महानगरपालिका वडा नं. २० मा सम्पन्न भएका र चालु योजनाको स्थलगत अनुगमन गरेको हो ।
बाँकेका सबै स्थानीय तहमा चालु आर्थिक वर्षमा टेण्डर तथा उपभोक्ता समिति मार्फत सञ्चालनमा रहेका र काम पुरा भएका योजनाहरुको स्थलगत अनुगमन गरी योजनाको गुणस्तर तथा कार्य प्रगतिको बारेमा आफ्नो राय सुझाव दिनुको साथै गुणस्तरहीन काम भएको पाईएमा कारवाहीसम्म गर्नको लागि सम्बन्धित निकायलाई सिफारिस गर्ने गरी अनुगमनमा निस्केको जिल्ला समन्वय समिति बाँकेका संयोजक श्रीबास्तबले जानकारी दिए ।
बाँकेका जिल्ला समन्वय अधिकारी हरी प्याकुरेलले जिल्लामा भईरहेका विभिन्न खाले विकास निर्माणका कामको गुणस्तर नपुगेको जन गुनासो व्यापक आएकोले अनुगमन थालिएको बताए । उनले भने–‘जिल्लाका सबै विकासका कामहरु तोकीएको गुणस्तरमा भए नभएको हेर्ने, सुधार गर्नुपर्ने भए सुधार गर्न लगाउने, नमाने उपचारको बिधी अपनाउने र तै पनि नमाने दण्डित गर्नेसम्मको अधिकारका साथ अनुगमनमा निस्केका छौ । योजना छनौट गर्दा आवश्यक सन्तुलन भएनभएको, हाम्रो वा राम्रो याजना पारिएको, गुणस्तरमापन भए नभएको हेरिने छ ।’
बुधबार सो टोलीले वडा नं. २० को फारमटोलमा निर्माण कार्यसम्पन्न भएको ३ सय ५५ मिटर ग्रावेल बाटो र सोही वडामै निर्माणाधिन अवस्थामा रहेको चिल्ड्रेनपार्कको स्थलगत अनुगमन गरेको थियो । अनुगमनपछि टोलीले संबन्धित निकायलाई आफ्नो राय सुझावसहितको प्रतिबेदन दिईने जिल्ला समन्वय समिति बाँकेका योजना अधिकृत भरत मल्लले जानकारी दिए ।  

Next Post

सिकलसेल एनिमिया तथा थाल्सेमियाका बारेमा चिकित्सकहरुलाई अनुशिक्षण

१३ असार २०७५, बुधबार १९:४२
सदरलाइनडटकम  नेपालगन्ज  : विभिन्न अस्पताल तथा स्वास्थ्य युनिटमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि एकदिने सिकलसेल एनिमिया तथा थाल्सेमिया रोगका बारेमा अनुशिक्षण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको संयोजनमा सम्पन्न सो कार्यक्रममा नवलपरासीदेखि पश्चिम कञ्चनपुरसम्ममा जिल्ला अस्पताल, सरकारी तथा नीजि […]