नेपालगन्जका मेयर उप–मेयरको दैनिकी दिउँसो जनकार्यमा राती विकास निर्माणमा

१६ माघ २०७४, मंगलवार २२:१४
 

सदरलाइन / रुद्र सुवेदी  
१६ माघ, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाको मेयर तथा उपमेयरको दिनचार्य दिनभरी कार्यालयमा आउने सेवाग्राहीलाई सेवा र राती विकास निर्माणमा खट्ने गरेका छन् । बाक्लो हुस्सु र कुहिरो त्यसमा पनि चिसो शितलहरले गर्दा घरमा बस्नुपर्ने बेलामा उनीहरु गत तीन दिनदेखि निरन्तर सडकमा खट्ने गरेका छन् ।
नेपालगन्ज उप–महानगर फोहरी तथा अव्यवस्थित उप–महानगरको परिचयले चिनिन थालेको भन्दै नगरको फोहर व्यवस्थापन र ट्राफिक व्यवस्थापनको लागि सुर्खेतरोडमा राखिएको सडकका डिभाईडर हटाउनको लागि उप–महानगरका मेयर डा. धवल शम्शेर राणा, उपमेयर थापामगर, वडा नं १८ का वडा अध्यक्ष दीपक बर्मा, प्रमुख प्रशाशकिय अधिकृत हरी प्याकुरेल, सुचना अधिकृत शरदकुमार पौडेललगायतको टोली राती ११ बजेसम्मै फिल्डमै व्यस्त हुने गरेको छ ।
‘सडकमा राखेको डिभाईडरको मद्दतमा व्यवसायी तथा घरधनीले फोहर थुपार्ने, निर्माण सामाग्री राख्ने र ठेला राखेर व्यावसाय सञ्चालन गरी सडकलाई नै अस्तव्यस्त पार्न लागेकोले सुर्खेतरोडमा राखेका सडक डिभाईडरहरु अनेत्र सार्न लागिएको हो’– सुर्खेतरोडमा डिभाईडर सार्दै गर्दा सोमबार राती ९ बजे भेटिएकी उपमेयर उमा थापामगरले भनिन्–‘उप–महानगर निक्कै फोहर र अस्तव्यस्त भयो भन्ने गुनासो व्यापक आएपछि दिनमा सार्दा आवत जावत गर्दा असहज हुने भएकोले राती ८ बजेदेखि डिभाईडर सार्ने काम सुरु गरिएको हो ।’
उपमेयर थापाले बढ्दो सडक दुर्घटनालाई न्यूनिकरण गर्न र फोहर व्यवस्थापन संगै धुलोरहित उप–महानगर बनाउने ध्येयका साथ डिभाइडर उठाउन थालेको बताईन । उनले उप–महानगरले सुर्खेतरोडमा केही दिन अघिमात्र अधिक धुलो जम्मा भएका कारण हिडडुल गर्न समस्या भएको गुनासो आएपछि जनशक्ति थपेर धुलो उठाउने काम समेत गरिएको बताईन ।
यतिबेला नेपालगन्ज लगायत तराईमा चिसो र सितलहर चलेको छ । नगरको वडा अध्यक्ष तथा वडा सदस्यहरु भने घरमा न्यानोमै बसेको बेलामा मेयर उप–मेयर प्रमुख प्रशाशकिय अधिकृत, सूचना अधिकृत, लगायत विभागिय प्रमुखहरु कठाङ्ग्रीदो जाडोमा जनकार्यमै व्यस्त रहेका छन् । ‘दिनभरी कार्यालयमा सेवा लिन आउने जनतालई सेवा दिनै प¥यो राती विकास निर्माणको काममा पनि यसो निगरानी गर्नै प¥यो’– उप–महानगरका मेयर डा. राणाले मन्द मुस्कान छाड्दै भने ।
नगरको समग्र ट्राफिक व्यवस्थापनमा विशेष पहल शुरु गरि सकिएको उप–महानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाले जानकारी दिए । उनले सुरक्षित र सहज आवागमनका लागि नगरका विभिन्न स्थानमा पार्किङ क्षेत्र पनि निर्माण गरिने बताए । सुर्खेतरोड र सदरलाइन सडक क्षेत्रका ४७ स्थानमा पार्किङ स्थल बनाइने तयारी गरिएको प्रमुख राणाले जानकारी दिए । उनले ट्राफिक व्यवस्थापनका लागि ट्राफिक चिन्ह, सूचनामुलक बोर्ड लगायतका कामहरु अन्तिम चरणमा पुगेको बताए ।
नेपालगन्ज उप–महानगरका प्रमुख डा धवल शमशेर राणाको अध्यक्षतामा बसेको सर्वदलीय÷सर्वपक्षिय वैठकले गरेको निर्णयानुसार सडकमा भएका डिभाईडर उठाउन शुरु गरिएको हो । अत्यन्तै ग¥हुङ्गा डिभाईडर हटाउन दिउसो सम्भव नभएपछि क्रेनमार्फत राती उठाउन लागिएको नेपालगन्ज उप–महागनरका प्रमुख प्रशाशकिय अधिकृत हरि प्याकुरेलले जानकारी दिए । ‘यात्रु आवागमन र सुरक्षाका लागि राखिएका डिभाइडर क्षेत्रभित्र कन्सट्रक्सनका सामान, ठेला राख्ने, पार्किङ गरेर आवागमनमा थप समस्या निम्तीएपछि डिभाईडर उठाउन शुरु गरिएको हो’– उनले भने ।
नेपालगन्ज–२० को राँझाचौकदेखि गणेशमान चौकसम्मका तीन सय २५ डिभाईडर उठाइन लागिएको उप–महानगरपालिकाका सूचना अधिकारी शरदकुमार पौडेलले जनकारी दिए । सूचना अधिकारी पौडेलका अनुसार उठाइएका कतिपय डिभाईडर ग्रीन वेल्टसँगै जोडेर क्रसिङ क्षेत्रमै राखीने छन ।
क्रसिङ क्षेत्र धेरै भएकाकारण यात्रुहरुले जथाभावी वाटो काटेर थप असुरक्षा बढाउनुका साथै ट्राफिकीङमा समस्या निम्त्याउन थालेपछि क्रसिङ मोडमा डिभाईडर राख्न थालीएको जिलला ट्रफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक होम थापाले जानकारी दिए । उनले सडकका २५ वटा क्रसिङ (मोड) मा डिभाइडर राख्ने तयारी गरिएको बताए ।     

Next Post

महोत्सवमा थरीथरीका अचार पस्कदै ज्योति मगर

१६ माघ २०७४, मंगलवार २२:१४
सदरलाइनडटकम १७ माघ, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको आयोजनामा गत माघ ११ देखि २२ गतेसम्म आयोजना गरिएको प्रादेशिक महोत्सव–२०७४ मा साँस्कृतिक कार्यक्रमले महोत्सवको रौनकता थपेको छ । महोत्सवमा राखिएका विभिन्न स्टलमा आफुले खोजेको रोजेको मालबस्तु किन्न र साँस्कृतिक आनन्द लिनको लागि महोेत्सव अवलोकन गर्न आउनेको भिड दिनहुँ बढ्दै गएको […]

ताजा अपडेट