भोट माग्ने गज्जबको काइदा, ढलको पानीमा सुतेर फेसबुक लाइभ

२१ असार २०७५, बिहीबार ०९:४३
 

नेपालमा असार पन्ध्रको धान दिवसमा नेताहरुका अनेक चर्तिकलाले अहिले सामाजिक सञ्जाल रंगिएका छन् । चुनावमा पनि नेताहरुले यस्तैखाले अनेक चटक देखाउँछन् । उता पाकिस्तानमा पनि नेताहरु के कम ? अहिले आम चुनावको सरगर्मी बढिरहेको बेला पाकिस्तानमा एकजना नेताले जनताको मन र भोट आफुतर्फ तान्नका लागि अनौठो जुक्ति निकालेका छन् ।

चुनाव नजिकिँदै जाँदा नेताहरु जनताका घरदैलो पुगेर भोट मागिरहेका बेला एकजना स्वतन्त्र उमेदवारले चाहीँ भोट माग्ने रोचक शैली अपनाएका छन्, जसले हाम्रो देशका वैकल्पिक भन्नेहरुका चटकको झल्को दिन्छ । ती नेताले ढलबाट निस्किएको फोहोर पानीमा पल्टिएर फोटो खिचे र त्यसलाई फेसबुक वालमा अपलोड गरे । फेसबुक वालमा फोटो हाल्नेमात्र होइन, उनले ढलको पानीमा सुतेरै फेसबुक लाइभ समेत समेत । उनले त्यसबेला हातमा पाकिस्तानी झण्डा बोकेका थिए । जसले अहिले निकै चर्चा पाएको छ ।

कराँचीको एन २४३ निर्वाचन क्षेत्रबाट चुनाव लडिरहेका स्वतन्त्र उम्मेदवार अयाज मेमोन मोतिवालाले आफुले जनताको दुखलाई राम्रोसँग बुझेको भन्ने देखाउनका लागि ढलमा सुतेका हुन् । आफ्नो क्षेत्रका मानिसहरु ढलको समस्याबाट गुज्रिरहेको कुरा आफुलाई जानकारी रहेको भन्दै उनले वर्तमान सरकार र विपक्षी दलहरुलाई नैतिक दबाब दिन आफुले यस्तो काम गरेको बताए ।


फेसबुकमा शेयर गरेको फोटोमा उनले लेखेका छन्, ‘सफाइ हाम्रो आधा इमान हो कि दुर्गन्ध ? मोतिवालाले जनताका लागि, दुर्गन्धबाट मुक्तिका लागि ढलको पानीमा उत्रिएर विरोध गरेको छ । भोट दिनुहोस्, सफाइ लिनुहोस्,। कृपया पाकिस्तानलाई बचाउनुहोस् ।’

स्मरण रहोस् चुनाव प्रचारप्रसारका लागि अनेक तरिका अपनाउँदै आएका मोतिवालाले फोहोरको डुंगुरका बीचमा गएर पनि भाषण गर्ने गरेका छन् ।

एजेन्सी

Next Post

आउँदैछ अनौठो स्मार्टफोन, जसमा हुनेछ ९ लेन्सको क्यामरा

२१ असार २०७५, बिहीबार ०९:४३
वावेले आफ्नो पी २० प्रो स्मार्टफोनमा तीनवटा लेन्सयुक्त क्यामरा राखेको छ । तर अब वावेको पी २० प्रो भन्दा निकै अगाडि बढेर एउटा कम्पनीले ९ वटा लेन्सयुक्त क्यामरा भएको स्मार्टफोन ल्याउँदैछ । लाइन नामक एक स्टार्टअप कम्पनीले ९ लेन्सयुक्त क्यामरा सेटअप भएको स्मार्टफोन लञ्च गर्ने जानकारी गराएको छ । स्मरणरहोस्, […]