‘ईजिआरपी’ले बालबालिकाको सिकाई उपलब्धीमा सुधार

१९ असार २०७५, मंगलवार २०:०१
 

सदरलाइनडटकम
नेपालगन्ज : बालबालिकाको सिकाई उपलब्धिमा सुधार ल्याउने उद्देश्यले बाँकेमा सञ्चालनमा रहेको प्रारम्भिक कक्षा पढाई कार्यक्रम ‘इजिआरपी’ परियोजना अन्र्तगत सामाजिक तथा सामुदायिक परिचालन कार्यक्रम सम्पन्न भएको छ ।
युएसएआईडीको आर्थिक सहयोगमा बाँके यूनेस्को क्लबले सञ्चालन गरेको दुईवर्षे कार्यक्रमले बाँकेको शिक्षा क्षेत्र अन्र्तगत बालबालिका तथा अभिभावकलाई ठूलो सहयोग पुगेको निष्कर्ष निकालिएको हो ।
कार्यक्रमले प्रारम्भिक कक्षा १ देखि कक्षा ३ सम्मका बालबालिकाहरुको ध्वनी संकेत, लेख्य वर्ण, सचेतीकरण, पठ्न बोध प्रवाह, शब्द भण्डार र लेखाईमा क्षमता अभिबृद्धि भई ज्ञान प्राप्त भएको क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले दाबी गरे ।
उनले यो कार्यक्रमले भर्खरको बालबालिकाहरुको ज्ञान सिपमा विकास भई अभिभावकमा शिक्षाको महत्वको विकास भएको र यस कार्यकाल लागि बाँकेका ३ सय ५९ वटा सामुदायिक विद्यालय अन्र्तगत ७ सय ८० टोल पढाई स्थापना गरिएको बताए ।
उनले कार्यक्रम अवधी भर ९ हजार ९ सय २१ जना शिक्षकलाई साथी दौतरी शिक्षा तालिम दिईएको, ८ वटै स्थानीय तहका ८१ वटा वडामा संचालित कार्यक्रमले ३५ हजार बालबालिका, ७ हजार अभिभावक प्रत्यक्ष लाम्भाविन्त भएका जानकारी दिए ।
समापन कार्यक्रममा इजिआरपी परियोजनाका जिल्ला संयोजक उपेन्द्र भण्डारीले अन्य जिल्ला भन्दा बाँकेमा यो कार्यक्रमको प्रभावकारिता बढेको भन्दै बालबालिकाहरुको सिकाईका लागि महत्वपुर्ण कार्यक्रम भएको बताए । उनले यस कार्यक्रमद्वारा समुदायमा स्थापना भएका टोल पढाई केन्द्रको दिगोपना तथा प्रभावकारीताका लागि समुदाय आफै सक्रिय हुनुपर्नेमा जोड दिए ।
क्लबका अध्यक्ष प्रबेजअली सिद्दिकीले शिक्षा क्षेत्रमा पहिचान बनाएको संस्थाले शिक्षाको विकासमा कटिबद्ध भएर लागेको भन्दै समुदायका बालबालिकाको शैक्षिकस्तर, गुणस्तरियता, भाषा सिकाई तथा ज्ञान सिपका कुराले फाईदा पुगेको आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा क्लबका सल्लाहकार राकेशकुमार मिश्र, कार्यक्रम प्रवन्धक बसन्त विसी, अनुगमन मल्याकन संयोजक सन्तकुमार चौधरी, माया चौधरी लगायतले परियोजनाको उपलब्धी तथा अनुभवका बारेमा आ आफनो विचार राखेका थिए ।
कार्यक्रममा सहभागि जिल्ला तथा समुदायस्तरका कर्मचारीहरुले आफुले गरेको कामको अनुभव, समस्या चुनौती लगायतका विषयमा जानकारी गराएका थिए । क्लबले दोस्रो फेजमा यही परियोजना बर्दिया जिल्लामा शुरु गरेको जनाएको छ । 

Next Post

सवा दुईलाखसहित कोहलपुरमा पाँच जुवाडे पक्राउ

१९ असार २०७५, मंगलवार २०:०१
सदरलाइनडटकम  कोहलपुर (बाँके) : प्रहरीले कोहलपुरको चपरगौडिबाट जुवा खेल्दै गरेका पाँच जुवाडेलाई सवा दुईलाख सहित नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक निरञ्जन घिमिरेले दिएको जानकारी अनुसार प्रहरीले होटल वेष्टर्न रिभर साईड चपरगौडीको कोठामा जुवा खेलि रहेका ५ जना जुवाडेको साथबाट २ लाख, २५ […]