सवा दुईलाखसहित कोहलपुरमा पाँच जुवाडे पक्राउ

१९ असार २०७५, मंगलवार २०:३३
 

सदरलाइनडटकम 
कोहलपुर (बाँके) : प्रहरीले कोहलपुरको चपरगौडिबाट जुवा खेल्दै गरेका पाँच जुवाडेलाई सवा दुईलाख सहित नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक निरञ्जन घिमिरेले दिएको जानकारी अनुसार प्रहरीले होटल वेष्टर्न रिभर साईड चपरगौडीको कोठामा जुवा खेलि रहेका ५ जना जुवाडेको साथबाट २ लाख, २५ हजार २ सय नगद र खेलिरहेको तासको गड्डी समेत बरामद गरेको हो ।
पक्राउ परेका पाँच जना जुवाडेको बारेमा अनुसंधान हुँदै गरेको जनाए पनि उनीहरुको पहिचान भने प्रहरीले लुकाएको छ । उनीहरुमाथि प्रहरीले जुवा ऐन अनुसार कारबाही हुने जनाएको छ ।

Next Post

२० आषाढ २०७५ बुधवारको राशिफल

१९ असार २०७५, मंगलवार २०:३३
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा चल्नेछ ।   मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । […]