महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको स्ववियू निर्वाचन ८ चैतमा

सदरलाइन संवाददाता २ चैत्र २०७९, बिहीबार १३:१४
 

नेपालगञ्ज : नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचन ८ चैतमा हुने भएको छ । यसअघि स्ववियू निर्वाचनको मनोनयन गर्ने समय २७ फागुन र ३ चैतमा निर्वाचनको मिति तोकिएको थियो ।

उम्मेदवारी मनोनयनको विहान ९ विद्यार्थी संगठनले क्याम्पस प्रशासनमा ताला लगाएपछि निर्वाचन अनिश्चित भएको थियो । क्याम्पस प्रमुख डा. लालमणी आचार्यको अध्यक्षता एवम् विभिन्न विद्यार्थी संगठन वीच भएको छलफलमा ९ विद्यार्थी संगठन ताला खोल्न सहमत भएको अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पस सभापतिका उम्मेदवार माधव खत्रीले जानकारी दिए ।


आन्दोलनरत विद्यार्थी संगठन ८ चैतमा निर्वाचन गर्न सहमत भएको उनले बताए । क्याम्पस प्रशासन, निर्वाचन समिति, आन्दोलनरत विद्यार्थी संगठन, एमाले निकट अनेरास्ववियू, कांग्रेस निकट नेपाल विद्यार्थी संघ लगायत सवै विद्यार्थी संगठन ८ चैतमा निर्वाचन गर्न सहमत भएका छन्,’ उनले भने, ‘सहमतिसँगै निर्वाचन गर्ने बाटो खुलेको छ ।’

स्ववियू निर्वाचनलाई स्वतन्त्र र निश्पक्ष बनाउन माग गर्दागर्दै क्याम्पस प्रशासनले विद्यार्थीको विवरण चुहाएको आरोप लगाउँदै विद्यार्थी संगठनले तालावन्दी गरेका थिए । विद्यार्थीको विवरण चुहाउनेलाई कानून बमोजिम कारवाही गर्न पनि विद्यार्थी संगठनको माग थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुदूरपश्चिममा पुनः कोरोना संक्रमण

२ चैत्र २०७९, बिहीबार १३:१४
नेपालगञ्ज : सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण पुनः देखिन थालेको छ । कोरोना भाइरसको सङ्क्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घन्टामा छ जनामा कोरोनाको सङ्क्रमण देखिएको जनाएको छ । यो तथ्याङ्कमा केही दिन अघिका […]