नारायणगढ–मुग्लिन सडकखण्ड र सिद्धार्थ राजमार्गको विजोग

१८ असार २०७५, सोमबार १०:४५
 

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड वर्षातका लागि अभिषाप नै बनेको छ । यो सडकखण्डमा सोमबार कालीखोला, तोपे खोला र जलविरेमा सवारी साधनलाई एक लेनमा आलोपालो गरी चलाइएको प्रहरीले जनाएको छ ।

उक्त स्थानहरुमा सोमबार बिहान पहिरो झरेकाले सवारी साधनलाई आलोपालो चलाइएको छ । पानी परिरहेका कारण पहिरो झर्ने क्रम जारी रहेकोले तत्कालै पहिरो पन्छाउन समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।


यता, सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाँउपालिका ३ हेडबक्समा पनि आइतबार राति सवा ११ बजे खसेको पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको छ ।

पहिरोका कारण पाल्पा, गुल्मी, स्याङजा, कास्कीमा संचालन हुने सवारी साधनको आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पानी परिरहेका कारण अवरुद्ध सडक खुलाउने समय लाग्ने भएको छ । सोमबार मुलुकभरै वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Next Post

बर्दियाका १२ सुन व्यवसायी पक्राउ

१८ असार २०७५, सोमबार १०:४५
बर्दिया । बर्दियाका १२ जना सुन व्यवसायलाई जिल्ला प्रशासन कार्यालय बर्दियाले पक्राउ गरेको छ । आईतवार जिल्ला प्रशासन कार्यालय बर्दियामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । आम उपोभोक्ताहरुको हितका लागि बर्दियाका विभिन्न स्थानीय तहमा संचालनमा आएका सुन पसलमा अनुगमनगरी संकलनगरिएका सुनका नमूनामा ८ प्रतिशत अन्य धातु मिसावट भएको पाईएको […]

सम्बन्धित