सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका ४ ई गाउँमा रहेको मिलिजुली स्वावलम्बन कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारणसभाबाट निर्वाचित कार्य समितिको शपथग्रहण सम्पन्न भएको छ ।
जिल्ला सहकारी संघ बाँकेका अध्यक्षसमेत रहेका निर्वाचन समितिका संयोजक प्रेम सुवेदी तथा सदस्यद्वय गगन खड्का र खम्ब गिरीले शपथग्रहण गराएका हुन् । मंसिर २९ गतेसम्म साधारणसभाले खड्ग वलीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको थियो ।
