बर्दियाका १२ सुन व्यवसायी पक्राउ

१८ असार २०७५, सोमबार ११:३०
 

बर्दिया । बर्दियाका १२ जना सुन व्यवसायलाई जिल्ला प्रशासन कार्यालय बर्दियाले पक्राउ गरेको छ । आईतवार जिल्ला प्रशासन कार्यालय बर्दियामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

आम उपोभोक्ताहरुको हितका लागि बर्दियाका विभिन्न स्थानीय तहमा संचालनमा आएका सुन पसलमा अनुगमनगरी संकलनगरिएका सुनका नमूनामा ८ प्रतिशत अन्य धातु मिसावट भएको पाईएको हुँदा व्यवसायीहरुलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।


प्रशासनले गुलरिया नगरपालिकाबाट विजयलक्ष्मी सुनार, सन्तोषी सोनी र इश्वरकुमार विश्वकर्मालाई पक्राउ गरेको छ । त्यसैगरी बाँसगढी नगरपालिकाबाट यमलाल बिश्वकर्मा, ईन्द्रकुमार सुनार,सिता सुनार, त्रिभुवन सुवर्णकार शिवकुमार सुनार र राजापुर नगरपालिकाबाट कबिराम बि.क., भगवान शरण सोनी,प्रशुराम सुनार,निमप्रकाश सुनारलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्बाङले वताउनुभयो ।

उनीहरुलाई कालोबजार तथा सामाजीक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारवाहीको लागि पक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी कुरुङ्बाङले बताउनुभयो । ऐन अनुसार ९ महिना कैद वा २ लाख जरिवाना वा दुवै सजाय हुनसक्ने प्रशासनले जनाएको छ ।

Next Post

पहिरो कारण कर्णाली राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

१८ असार २०७५, सोमबार ११:३०
सुर्खेत, आइतबार देखिको अविरल वर्षातका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको हो । कर्णाली राजमार्ग अन्तर्गतको शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ। अवरुद्ध राजमार्ग खुलाउन पहिरो गएको ठाउँमा डोजर पुगे पनि वर्षात भइरहेकोले पहिरो हटाउन समस्या भएको ट्राफिक प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ । १८ दिनमा […]