सदरलाइन / राज सुवेदी 
नेपालगन्ज : प्रतिबन्धित लागू औषध ‘नाईट्रोम्याट’ ट्याब्लेटसहित मंगलबार दिउसो करिव साढे २ बजे एक युवक बाँके प्रहरीको नियन्त्रणमा परेका छन ।
इलाका प्रहरी कार्यालय जमुनाह बाँके र केन्द्रीय लागू औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले रुपैडिहाबाट ६ सय ३ प्रतिबन्धित नाईट्रोम्याट टे्याब्लेटसहित सुर्खेत बाबियाचौर गाउपालिका–९ का १७ वर्षिय किरण बयकलाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय जमुनाहका ईन्चार्ज तथा प्रहरी नायव निरिक्षक सुनिल शाहले दिएको जानकारी अनुसार सो लागू औषध दाङ्ग लैजानको लागि बयकले भारतको रुपैडिहाबाट ६ हजारमा खरिद गरी ल्याएका हुन ।
उनीमाथि प्रहरीले अनुसंधान सुरु गरेको छ । पक्राउ परेका बयक र सामानसहित आवश्यक अनुसंधानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाईएको इलाका प्रहरी कार्यालय जमुनाहले जानकारी दिएको छ । प्रशिक्षार्थी


