देशमा प्रशासनिक संक्रमणकाल छ :  मन्त्री पण्डित

१६ असार २०७५, शनिबार १८:०४
 

सदरलाइनडटकम
नेपालगन्ज :  संघीय मालिमा तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीयता कार्यान्वयनमा अनेकन सास्ती र अन्यौलता भएपनि समन्वय र सहकार्यात्मक रुपमा अघि बढनु बाहेकको विकल्प नभएको बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले विहान कार्यालयमा गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री पण्डितले राजनीतिक र संवैधानिक संक्रमण सकिएपनि प्रशासनिक संक्रमण बाँकी रहेकाले सम्वेदनशिल र जिम्मेवार भएर भएर काम गर्न आहवान गरे ।
तीन वटै तहका सरकारबीच सन्तुलित सम्वन्ध विस्तारमा सरकार केन्द्रित रहेको भन्दै उनले बाझीएका कानून र क्षेत्राधिकार बारेको अस्पष्टता चिर्दै जाने पनि उद्घोष गरे । आपसी समन्वय र सहकार्य गरेर अघि बढनु नै अहिलेको आवश्यक्ता रहेको भन्दै उनले सह अस्तित्व र सहयोगात्मक भावनाका साथ अघि बढने बातावरण सिर्जना गरिनुपर्नेमा जोड दिए ।
स्थानीय तहको अधिकार कटौती नहुने स्पष्ट पार्दै उनले जनताको सेवा सुविधा र न्यायमा खेलाइची नगर्न पनि अपील गरे । नगर प्रमुख डा धवल शमसेर राणाले नगरको विकासमा जनप्रतिनीधीको साझा धारणा रहेको भन्दै सहकार्यात्मक भावनाका साथ अघि बढेको अवगत गराए । प्र्रमुख प्रशासकीय अधिकृत तोयानाथ सुवेदीले कार्यालयका तर्फबाट गरिएको समग्र विकासको प्रगती, आगामी योजना र केही कानूनी जटीलताबारे जानकारी सहित ध्यानाकर्षण गराए ।

Next Post

स्वास्थ्यकर्मीलाई प्रकोपजन्य रोग पहिचान बारे अभिमुखिकरण

१६ असार २०७५, शनिबार १८:०४
सदरलाइनडटकम कोहलपुर (बाँके) : बर्षातको मौसममा फैलन सक्ने रोग र त्यसको निराकरणको लागि जिल्ला जनस्वस्थ्य कार्यालय बाँकेले विभिन्न गतिविधी सञ्चालनमा ल्याएको छ । सोही क्रममा कोहलपुरमा शनिबार पब्लिक प्राईभेट सेक्टरको पारामेडिक्स तथा प्राक्टिसनरहरुलाई प्रकोप जन्य रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन तथा जनस्वास्थ्य अधिकृत रामबहादुर […]