आचारसंहिता विपरीत चुनावी प्रचार सामग्री सुरक्षाकर्मीले हटाए

सदरलाइन संवाददाता १० बैशाख २०७९, शनिबार १८:२२
 

नेपालगञ्ज : मुख्य दलहरुनै नेपालगञ्जमा निर्वाचन आचारसंहिता बिपरित चुनाव प्रचार सामग्री प्रहरीले हटाएको छ । नेपालगञ्जको त्रिभुवन चोक आसपासको सार्वजनिक स्थलमा टास गरिएको निर्वाचन प्रचार सामग्री हटाएको हो ।

मर्यादित र निष्पक्ष बनाउन निर्वाचन आयोगले आचारसंहिता लागू गरे पनि ठुला दलले त्यसको धज्जि उडाउदै नेपालगन्जका चोकहरुमा प्रचार सामग्री लगाएका थिए ।


ठूला राजनीतिक पार्टीले नै आचारसंहिताको व्यापक उल्लंघन गरेका थिए । सार्वजनिक स्थलमा राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री राख्न नपाउने भनिए पनि त्यसको पालना भएको छैन ।

शुक्रबार गृह प्रशासनका अधिकारीसागै मुख्य निर्वाचन अधिकृतले राजनीतिक पार्टीका नेताहरुलाई कार्यालयमै बोलाएर आचारसंहिता विपरित टासेका प्रचार सामग्री तत्काल हटाउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज–४ मा एमालेको चुनाव केन्द्रित वडास्तरीय युवा भेला सम्पन्न

१० बैशाख २०७९, शनिबार १८:२२
नेपालगञ्ज : नेपालगञ्ज उप–महानरपालिका वडा नं ४ मा नेकपा एमालेले चुनाव केन्द्रित वडास्तरीय युवा भेला गरेको छ । आगामी चुनावलाई लक्षित गर्दै एमाले वडा कमिटीले सो भेलाको आयोजना गरेको हो । सो भेलाले कमल शर्मा अध्यक्ष र दिपक शाही सचिव रहने गरि वडा स्तरमा २९ सदस्यीय राष्ट्रिय युवा संघको गठन […]

सम्बन्धित