नेपालगञ्ज : आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनको लागि बाँके निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार समसुल हक राईले आफ्नो प्रचार अभियान तीब्र पारेका छन् ।
अन्य राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले झै तडक भडकमा विश्वास नगर्ने उम्मेदवार राईले आफ्नो चुनाव चिन्ह नलकीमा विश्वास गरी मतदान गर्न अपिल समेत गरेका छन ।
उनले आफु निरन्तर आफ्ना निर्वाचनका एजेण्डा बोकेर जनताको घरदैलोमा पुगिरहेको बताए । उनले भने–‘ जनताको काम र जनताको विकास प्रतिको जिज्ञासाको लागि म आफ्नो एजेण्डा बोकेर चुनाव चिन्ह नलका को साथ घरदैलोमा छु । अवस्य पनि जनताले मेरो मुल्याङ्कन गर्ने छन ।’
उनले तडक भडकमा विश्वास नगरी जनताको सेवक र जनताको कुरा सुन्न योग्य उम्मेदवारलाई चुन्नको लागि अपिल समेत गरे ।