भेरीका अध्यक्ष जसगडद्वारा अस्पतालको निरीक्षण

सदरलाइन संवाददाता ९ आश्विन २०७९, आईतवार १६:१३
 

नेपालगञ्ज : भेरी अस्पताल विकास समितिका अध्यक्ष शकील अहमद जसगडले आज भेरी अस्पतालको निरीक्षण गरेका छन् । अस्पतालको विभिन्न सेवाका साथै अस्पतालको आइसीयू, डायलाइसिस, एनआइसीयू, न्युरो, पेइंग, जनरल तथा इमर्जेन्सी विभागको निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठको पनि सहभागिता रहेको थियो । निरीक्षणका दौरान अध्यक्ष जसगडले अस्पतालले दिंदै आएको सेवा सुविधाको बारेमा विभिन्न विभागका डाक्टर, विभाग प्रमुख, बिरामी तथा बिरामीका कुरुवाहरुसँग अस्पतालले दिंदै आएको सेवा सुविधाको बारेमा कुराकानी गरेका थिए ।


असोज ७ गते शुक्रबार पदभार ग्रहण गरेका जसगडले अस्पतालले दिंदै आईरहेको सेवा सुविधालाई अझ चुस्त दुरुस्त तरिकाले सेवा प्रदान गर्न विभिन्न वार्डहरुमा निर्देशन दिएका छन् । निरीक्षणका क्रममा वार्ड प्रमुखहरुको समस्या तथा वार्डमा चाहिने थप उपकरण तथा जनशक्तिको बारेमा अध्यक्ष जसगढ तथा सदस्य श्रेष्ठले चासोका साथ जानकारी लिए ।

विभिन्न वार्डहरुमा रहेका केही समस्याहरुलाई चाँडै समाधान गरिने पनि अध्यक्षले वार्ड प्रमुख तथा डाक्टरहरुलाई आश्वासन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यस वर्षदेखि नेपालगञ्जमा पुनः रामलीला मञ्चन गरिने

९ आश्विन २०७९, आईतवार १६:१३
नेपालगञ्ज : प्रत्येक वर्ष विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा मञ्चन हुने रामलीला यस वर्ष हुने भएको छ । पश्चिम नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चन विगत दुई वर्षदेखि कोरोना भाइरस संक्रमणका कारण स्थगित गरिएको थियो । रामलीला सञ्चालक समितिले रामलीला मञ्चनको एक सय ५३ वर्षमा पहिलोपटक रामलीला मञ्चन स्थगित […]