प्रदेशसभामा अल्पमत प्रमाणित भए तत्काल सरकार छोड्छौं : मुख्यमन्त्री गिरी

सदरलाइन संवाददाता २० चैत्र २०७९, सोमबार १२:५२
 

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट अल्पमत प्रमाणित भए तत्काल सरकार छाड्ने बताएका छन् ।

सोमबार तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको ‘तुलसी ट्रेड टावर’ सिलन्यास पछि पत्रकारले सोधेको प्रश्नमा मुख्यमन्त्री गिरीले आफ्नाबिरुद्ध प्रदेशसभामा अल्पमत प्रमाणित भइ नसकेको तर्क गरे ।

जबकी चैत १२ गते नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले संविधानको १६८ (२) बमोजिम ५३ जनाको सांसदको हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेश गरि सकेका छन् । जस्ले गर्दा उनी अल्पमतमा परेको स्पष्ट भइसकेको छ ।

तर, नेकपा एमालेका नेतासमेत रहेका मुख्यमन्त्री गिरीले प्रदेशसभामा अल्पमतमा परेको कुरा परीक्षण हुन बाँकी नै रहेको भन्दै प्रमाणित भएको दिन एक मिनेटपनि सरकारमा नबस्ने बताए ।

‘अल्पमत भन्ने कुरा प्रमाणित भइसकेको छैन,’ उनले भने ‘प्रमाणित भइ सकेपछि हामी एक मिनेटपनि सत्तामा रहने छैनौं ।’


मुख्यमन्त्री गिरीले आँफु अल्पमतमा परेको प्रमाणित भइ सकेपछि पनि धारा १६८ (३) अनुसार त्यसपछि नयाँ सरकार गठन हुनु पर्छ भन्ने आँफुहरुको दाबी रहने बताएका थिए ।

‘प्रदेश प्रमुख अमिक शेरचन कसरी अगाडि बढ्नु हुन्छ त्यो अलग कुरा हो,’ उनले भने ‘ तर, हाम्रो माग त्यसपछिको नयाँ सरकार धारा ३ अनुरुप गठन हुनुपर्छ भन्ने रहन्छ ।’ लुम्बिनी प्रदेशसभामा सबैभन्दा ठूलो पार्टी नेकपा एमाले छ ।

केन्द्रमा बनेको नयाँ सत्ता समिकरण अनुसार चैत १२ गते नै पुस २७ मा गिरी मुख्यमन्त्री बन्दा समर्थन गरका नेकपा माओबादी केन्द्रसहितका साना दलहरुले समर्थन फिर्ता लिइ सकेको हुँदा गिरी अल्पमतमा परि सकेका छन् ।

लुम्बिनी सरकारमा अहिले राप्रपा बाहेक एमालेलाई साथ दिएका सबैले समर्थन फिर्ता लिएको हुँदा गिरी स्वतह अल्पमतमा परि सकेका छन् ।

तर, संविधानको ब्यबस्था र प्रक्रिया अनुसार अबको ३० दिन भित्र मुख्यमन्त्री गिरीले विश्वासको मत लिनुपर्ने छ । त्यतिखेर बिश्वासको मत पाउन नसके नयाँ बर्षको बैशाख १० गतेसम्म उनी नेतृत्वका सरकार बर्खास्त हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यात्रु अलपत्र पार्ने सीता एयरमाथि छानविन शुरु

२० चैत्र २०७९, सोमबार १२:५२
नेपालगञ्ज : दाङबाट काठमाडौं पुर्याउनुपर्ने यात्रुलाई बिना जानकारी नेपालगञ्ज पुर्याउने सीता एयरलाइन्समाथि नेपाल नागरिक उड्डयन प्राधिकरणले छानविन शुरु गरेको छ । गत चैत १५ गते तुलसीपुरबाट १४ जना यात्रु लिएर काठमाडौंका लागि उडेको सीता एयरको जहाज नेपालगञ्जमा अवतरण गराएर हुम्ला उडेको थियो । सोही विषयबारे विभिन्न सञ्चार माध्यममा समाचार छापिएपछि […]