त्रीभुवन चोकको विकासे काम (फोटो फीचर )

१३ असार २०७५, बुधबार १०:४८
 

सदरलाइनडटकम
नेपालगन्ज  : नेपालगन्ज उप–महानगरको त्रीभुवनचोक क्षेत्रमा यतिबेला धमाधम नाली र सडक निर्माणको लागि कम तीब्र गतिमा सञ्चालनमा छ । एशियाली विकास बैंकको आर्थिक सहयोगमा सञ्चालनमा रहेको सो क्षेत्रमा निर्माणको जिम्मा लिएको कालिका कन्सट्रक्सनले नाली निर्माण र सडक पीच गर्ने कार्यलाई तीब्र गतिमा अघि बढाएको छ ।
नगरका धेरै ठाँउमा निर्माण कार्य सञ्चालन भएको कारण सानो पानी पर्दापनि जलमग्न हुने अवस्था आएको कारण हुँदै आएको कामलाई तीब्र पार्दै वर्षातको बेलामा जलमग्न हुन नदिने गरी काम अघि बढाउन आवश्यक छ ।
सदरलाइनमा रहेको बर्साती भत्काउदै सडक फराकिलो पार्ने र नाली बनाउने कार्यको जिम्मा लिएको कालिका कन्सट्रक्सनले गुणस्तरलाई ध्यानमा राखेर तीब्र गतिमा काम गरि रहेको जनाएको छ । ‘वर्षातले अबरोध नपु¥याए आफ्नो तर्फबाट गुणस्तरिय काम निर्धारित समयमै सम्पन्न गर्ने गरी तयारीमा जुटेका छौ’–कालिका कन्सट्रक्सनका प्रबन्ध निर्देशक युवराज क्षेत्रीले भने ।
उनले कतैबाट अवरोध नभए निर्धारित समयमा नै काम पुरा हुने बताए । त्रीभुवन चोकको पूर्व लाईनमा नाला बनाउने कार्य सुरु भएको छ । व्यस्त सहरको व्यस्त ठाँउमा काम गर्न कठिन हुने भएकोले पनि भिड व्यवस्थापन भए आफुहरुलाई काम गर्न सहज हुने उनले बताए ।
स्थानीय स्तरबाट पनि हुँदै आएका विकास निर्माणमा चासो लिदै गुणस्तरिय कामको लागि काम सञ्चालन भएकै क्षेत्रमा नागरिक निगरानीका साथै स्थानीय सरकारले समेत चासो दिन आवश्यक रहेको छ । फोटो : रुद्र सुवेदी / सदरलाइनडटकम  

Next Post

बाढी पीडितका लागि अश्रयस्थल निर्माण

१३ असार २०७५, बुधबार १०:४८
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकालाई वर्षेनी राप्ती नदी र डुडुवा नदीको बाढीले विस्थापित हुनेहरुका लागि आश्रय स्थल निर्माण सुरु भएको छ । वर्षेनी बाढीबाट पीडित सो क्षेत्रका नागरिकलाई सुरक्षित बनाउन उचित आश्रयका लागि दुई वटा भवन निमार्ण गर्न लागिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए । उनले होलियाको […]