आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टैः सञ्चारमन्त्री शर्मा

सदरलाइन संवाददाता ३० चैत्र २०८०, शुक्रबार १३:००
 

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिट्टै पारित गरिने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको बिहीबार भएको १२औँ अधिवेशनका अवसरमा उनले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक जरुरी रहेको उल्लेख गरिन । ती दुवै विधेयक सङ्घीय सङ्सदमा पेश गर्ने अन्तिम तयारीमा छन् ।

सञ्चारमन्त्री शर्माले लोककल्याणकारी विज्ञापनलाई थप व्यवस्थित बनाउँदै स्वरोजगार तथा साना लगानीका सञ्चारमाध्यमलाई सहुुलियत दिन सरकार सकारात्मक रहेको बताईन । उनले त्यस्ता सञ्चारमाध्यमलाई राष्ट्रिय समाचार समिति (रासस)को समाचार शुल्कमा सहुलियत उपलब्ध गराउन सकिने धारणा राखिन ।


मन्त्री शर्माले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार रहेको स्पष्ट पारिन ।

उनले न्यूनतम पारिश्रमिकलाई पनि समयानुकूल बनाउने उल्लेख गर्दै सत्य, तथ्य समाचार आए सरकारलाई सहयोग हुने विश्वास व्यक्त गरिन । शाखाले पत्रकारिताको माध्यमबाट योगदान गर्नेलाई विभिन्न व्यक्तिलाई सम्मान र पुरस्कार प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा जनताको तटबन्धले चालिस प्रतिशत काम पुरा गर्दै

३० चैत्र २०८०, शुक्रबार १३:००
नेपालगञ्ज :  बाँकेमा राप्ती नदीको कटानबाट जोगाउने उद्देश्यले जनताको तटबन्ध कार्यालयले तीब्र गतिमा तटबन्ध निर्माण कार्यलाई अघि बढाएको छ । निर्माण सुरु भएको एक वर्षमा करिव ४० प्रतिशित काम सम्पनन भएको आयोजनाले जनाएको छ । एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा जनताको तटबन्ध कार्यालयले राप्ती सोनारी वडानं. २ मा १ […]