राप्रपाको प्रतिबद्धता–पत्र सार्वजनिक

सदरलाइन संवाददाता २१ बैशाख २०७९, बुधबार १९:३७
 

नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । सुशासन र भ्रष्टाचाररहित स्थानीय सरकारको परिकल्पना गर्दै राप्रपाले आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ ।

प्रतिबद्धता–पत्रमा सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधार, सञ्चार, रोजगार, कर प्रणाली, खानेपानी तथा सरसफाई, स्थानीय कला, सँस्कृति, धर्म, गरिवी निवारण, सामाजिक सुरक्षा र युवा तथा खेलकुद जस्ता बिषयहरुमा बिषयगत रुपमा काम गर्ने योजना सार्वजनिक गरिएको छ । राप्रपाका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकाका मेयरका उममेदवार नन्दलाल बैश्य चुनावी प्रतिस्पर्धामा छन् ।


प्रतिबद्धता–पत्र सावजनिक गर्दै बैश्यले भने आफ्नो जीत सुनिश्चित भएको बताए । माओवादी केन्द्रले बहुसख्यक नेता कार्यकर्ताको भावना र मर्म विपरित काम गरेका कारण आफूले राप्रपा रोजेको भन्दै चुनावमा आफूलाई दुवै पक्षको साथ र सहयोग समेत रहने बताए ।

केही माओवादीका साथीहरुले र राप्रपाको साथीहरुको सहयोगले आफ्नो जित सुनिश्चित भएको दाबी समेत गरे । वैश्य अहिले रातदिन कार्यकर्ता र नेताहरुसँग छलफल गर्दै दैनिकी बितेको बताए ।

वैश्य लामो समयदेखि नेपालगञ्जमा सामाजिक तथा व्यवसायिक क्षेत्रमा सक्रिय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव अधिकार आयोगले ७७ वटै जिल्लाका मतदान केन्द्रको अनुगमन गर्ने

२१ बैशाख २०७९, बुधबार १९:३७
नेपालगन्ज : राष्ट्रिय मानव अधिकार आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७७ वटै जिल्लाका मतदान केन्द्रहरूको स्थलगत अनुगमन गर्ने भएको छ। बुधबार आयोगले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७७ वटै जिल्लाका मतदान केन्द्रहरूमा स्थलगत अनुगमन गर्ने बताएको हो। आयोगका अध्यक्ष तपबहादुर […]