प्रतिष्पर्दीले एमाले उम्मेदवार भुसालका बिरुद्ध भ्रमको खेतीगर्दा एमालेलाई फाईदा भएको दाबी

सदरलाइन संवाददाता २३ बैशाख २०७९, शुक्रबार १८:०१
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा नेकपा एमालेका मेयरका उम्मेदवार खिलप्रसाद भुसाल र उपमेयरका उम्मेदवार अस्मिता कुमारी थारुसहितका उम्मेदवारको घरदैलो र चुनावी रणनीति सामु प्रतिस्पर्धीको घरदैलो फिक्का सावित हुँदै गएकोले प्रतिष्पर्धीहरु भ्रामक प्रचारमा लागेको एमाले शिर्ष नेताहरुको दाबी छ ।

एमालेबाट मेयरका उम्मेदवार भुसालबिरुद्ध भ्रामक प्रचारबाजी हुँदै गर्दा त्यसको जवाफ घरदैलोमा हुने मतदाताको उपस्थितीले नै दिएको कारण भ्रामक प्रचारको जवाफ खिलप्रसाद र एमालेले दिनै नपरेको एमाले केन्द्रीय सदस्य तथा बाँके जिल्ला ईन्चार्ज सूर्य ढकालले दाबी गरे ।

‘एमालेको सूर्यध्वज बाहक उम्मेदवार भुसाल जहा पुग्छन् त्यहाँ मतदाताको अत्यन्तै भिड लाग्ने गरेको छ । स्थानीयको व्यापक सर्मथन पाएका छन् । मजदुरको भेला होस वा मुक्त कमैयाको समस्या वा अव्यवस्थित बसोबासीको समस्याहोस मतदाताले रुचाएको उम्मेदवारको रुपमा आफ्नो छाप बनाएका छन्’–उनले भने ।


मतदाताको घरदैलोमा जाँदा मतदाताले स्वागत गर्ने र उनको कार्य शैली तथा स्वाभावको कारण कोहलपुरको मुहार फेर्नको लागि खिलप्रसादको नेतृत्व नै आवश्यक रहेको प्रतिक्रिया आउने गरेको कारणले पनि उम्मेदवारको बिरुद्ध भ्रामक प्रचार गर्नेहरु आफै थाकेर हराउने केन्द्रीय सदस्य ढकालको भनाई छ । उनले भने–‘ केही उम्मेदवारले आफुले फलानो कार्यालय ल्याए हलानो काम गरे भन्दै प्रकृयामै हुने र भएको सरकारी काम गरे भनेर जस लिनेहरु केही नगर्दा त यति भन्छन धम्काउछन यो पराजित मानसिकताको उपज हो ।’

भसालले जहाजहा मतदाता भेट्न पुगेका छन् त्यहा त्यहाकाका मतदाताले सुनाउने प्रतिवद्धता नोट गरेर राखेका छन् । उनी भन्छन–‘यसरी नोट गरेर राखेका विषयमा नै पछि समाधानको उपाय खोजिने छ ।’ एमाले नेताहरु भन्छन–‘प्रतिस्पर्धीले खिलप्रसाद बिरुद्ध फैलाउन खोजेको भ्रम मतदाताले नै प्रतिवाद गरिसक्नुभयो । हामीले त केही भन्नैपरेन ।’ भुसाल सहित अन्य एमालेका उम्मेदवारको घरदैलोमा मतदाताको व्यापक उपस्थिती छ । घरदैलोमा समृद्ध कोहलपुर बनाउनका लागि एमाले उम्मेदवालाई मतदान गर्न अपिल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचनलाई निश्पक्ष र भयरहित बनाउन अधिकारकर्मीको जोड

२३ बैशाख २०७९, शुक्रबार १८:०१
नेपालगञ्ज : स्थानीय निर्वाचनलाई निश्पक्ष र भयरहित बनाउनका लागि बाँकेका नागरिक समाजले प्रभावकारी रुपमा अनुगमन गर्ने भएका छन । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको सहकार्यमा राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकार संजाल नेपालगञ्जको संयुक्त आयोजनामा निर्वाचन आचार संिहताका बारेमा गरिएको छलफलमा नागरिक समाजले अनुगमनको कार्य गर्ने भएका हुन […]

सम्बन्धित