वर्षा र ‘डुवान’बारे फेसबुकको प्रतिक्रिया

९ असार २०७५, शनिबार १८:४३
 

सदरलाइनडटकम,
नेपालगन्ज  : नेपालगन्ज उप–महानगरपालिकामा भएका विकास निर्माणको विषयमा सामाजिक सञ्जालमा विभिन्न क्रिया प्रतिक्रिया आउन सुरु भएका छन् ।
यसक्रममा शनिबार बिहान परेको पानीले पनि यहाँको विकास निर्माणको विषयलाई दिएर टिकाटिप्पणी आउन सुरु भएको छ । नेपालगन्ज उप–महानगरमा यतिबेला आफ्नै लगानीमा, एशियाली विकास बैंकको अनुदानमा सिधै उप–महानगसंग र शहरी विकास कार्यालय मार्फत गरी दुई परियोजना र उपमहानगर गरी तीन थरीका विकासे योजना सञ्चालनमा छन् ।
उप–महानगर क्षेत्रमा भएका विकासको योजनाहरुमा गुणस्तरको विषयमा टिका टिप्पणीहुदै आएकोमा शनिबार परेको पानीले झनै उग्र बनाएको छ । शनिबार बिहान करिव डेढघण्टा परेको पानीका कारण नेपालगन्जको मुटुको रुपमा रहेको सेतुविक चोक, घरबारीटोल, सुर्खेतरोड लगायतका क्षेत्रमा परेको डुवानले भएका विकास निर्माणका विभिन्न पक्षहरुप्रति समाजिक सञ्जालमा भएका टिका टिप्पणीहरुले पुनः सम्बन्धित निकायको ध्यान खिचेको छ ।
नयाँशक्ति विद्यार्थी युनियनका हिक्मतसिंह विकले आफ्नो फेसबुक वालमा केही फोटो समेत राखेर लेख्छन ‘नेपालगन्जलाई नमुना शहर बनाउने नारा र प्रतिबदता संगै जनताको अमुल्य मतबाट मेयरमा निर्बाचित मेयरसाप हजुरको प्रतिबदता कहाँ पुग्यो हिजो हजुरले प्रतिबदता गर्दा र आज केही फरक देखिएन फरक त केबल समयको भयो एक बर्ष बितेछ हजुरले आस्वासन बाडेको तर आज पनि नेपालगन्जको मुटु धम्बोझी सेतु बिक चोक लगाएतका बजारहरु सानो पानीमा पनि जलमग्न भएका छ्न अनि तपाईं हामी आसा र भरोसा गरेर चुनाब जिताउने जनताले पनि केही सोध्ने आँट गर्ने कि ?’
त्यसैगरी सञ्चारकर्मी विमला चौधरीले आफ्नो फेशबुक वालमा केही  फोटो  पोष्ट  गर्दै  लेख्छिन   ‘मात्र डेढ घण्टाको वर्षातले नेपालगन्जको सेतुविक चोकको हालत ।’ फोटोमा जलमग्न अवस्थाको सेतुविक चोक देखिएको छ ।
नेकपा बाँकेका नेता समेत रहेका पूर्व एमाले बाँकेका उपसचिव प्रमोद धिताल पनि सेतु विक चोकको फोटो राख्दै आफ्नो फेशवुक वालमा लेख्छन् ‘जनताको ढाड सेकिने गरि कर असुल्दै छ नगरपालिका । जनताबाट उठेको कर जनप्रतिनिधिलाई तलब, नेपालगन्जको मुख्य बजारको हालत यस्तो छ । कठै मेरो नगर ।’
यसै गरी नेपालगन्ज उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले लेख्छन् ‘न्यूरोड सेतुविक चोकमा डुङ्गा चढेर आउन मेयर, उपमेयर , ओडा अध्यक्ष र सदस्यहरुलाई न्यूरोडबासीको आग्रह गरिएको छ ।’
यसैगरी मएसटिले आफ्नो फेशबुक स्टयाटसमा लेखेका छन् ‘हेल्लो मेयर साब ! एडिबिको अनुदानमा बन्दै गरेको बाटोमा शानले उभिएर फोटो खिचेर फेसबुकमा पनि हाल्न भ्याउनु भएछ । यसो आज पनि नगर परिक्रमा गरि नगरको कुनकुन ठाउँ डुबान परेको छ त्यो ठाउमा उभिएर पनि फोटो खिची फेसबुकमा हाल्नु हुन्थो भने जनता पनि खुसी हुन्थे नगरपिता डुबान भाको ठाउमा पुगे भनेर !’
नेपालगन्जको विकासको मोडलको नारा दिएका जनप्रतिनिधिहरु प्रति लक्षित गरी सामाजिक सञ्जालमा आएको सुझाव प्रतिक्रियालाई संबन्धित निकायले समय मै मनन् गर्न आवश्यक देखिएको छ ।   

Next Post

डुडुवा पनि भयो पुर्ण खोप गाउँपालिका

९ असार २०७५, शनिबार १८:४३
सदरलाइनडटकम डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकालाई शनिबार पुर्णखोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ । एक समारोहका विच जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले सो घोषणा गरेका हुन । उनले बालबालिकाहरुका लागि खोप अमृत भएकाले यसलाई कहिलै पनि छुटाउन नहुने बताउदै खोप कार्यक्रमलाई सफल बनाउनमा महिला स्वास्थ्य स्वयम्सेविकाको प्रमुख […]