सदरलाइनडटकम,
दाङ : प्रतिबन्धित लागुऔषधसहित दाङमा आठ जना पक्राउ परेका छन् । सादा पोसाकमा गएको प्रहरी टोलीले १० ग्राम ब्राउन सुघरसहित पाँचजनालाई घोराही उपमहानगरपालिका वडा नं १४ बसपार्कबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
त्यस्तै घोराही उपमहानगरपालिका वडा नं १३ बाह्रकुने दह नजिकैबाट ३० ग्राम २ सय ३० मिलिग्राम ब्राउन सुगर सहित थप तिन जनालाई शनिबार राती पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक बिनोदविक्रम शाहले जानकारी दिए ।
पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐन २०३३ परिच्छेद ३ दफा २२ ग वमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
