बाँकेका पत्रकार खान भारतको कानपुरमा सम्मानित

सदरलाइन संवाददाता १४ कार्तिक २०८०, मंगलवार १४:१४
 

नेपालगञ्ज : बाँकेका पत्रकार सिराज खानलाई भारतको कानपुरमा आयोजना गरिएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा सम्मानित गरिएको छ ।

इन्डियन जर्नलिस्ट एशोसियसनको राष्ट्रिय समितिद्वारा भारत उत्तर प्रदेशको आर्थिक केन्द्र कानपुरमा सोमवार आयोजना गरिएको वर्तमान परिपेक्षमा पत्रकारहरुको भुमिका विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सम्मान गरिएको हो ।

इन्डियन जर्नलिस्ट एशोसियनका राष्ट्रिय अध्यक्ष सेराज अहमद कुरैशी, वरिष्ठ पत्रकारहरु जुबेर अहमद फारुकी, गिरिराज सिंह, डा रमेश बर्मा, अन्जनि निगम लगायतले पत्रकार खानलाई सम्मान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्ने अधिकांश वक्ताले लोकतन्त्रको रक्षाका लागि भारत र नेपालका पत्रकारको भुमिका सबैभन्दा अहम भएको जनाउँदै अहिले पनि सोहि कार्यमा लागिरहेको बताएका थिए ।


कार्यक्रममा एशोसियसनका राष्ट्रिय अध्यक्ष कुरैशिले एशोसियसनले यस्ता कार्यक्रमलाई निरन्तर गरिरहने बताए । सो अवसरमा भारतका दर्जनबढि वरिष्ठ पत्रकारहरुलाई विभिन्न सम्मान प्रदान गरिएको थियोे ।

सम्मेलनले पत्रकारहरुलाई सरकारले तलब सुविधा प्रदान गर्नुपर्ने र डिजिटल पत्रकारितालाई मान्यता दिनुपर्ने लगायत पत्रकारको सुरक्षा सम्बन्धि विभिन्न प्रस्ताव पनि पारित गरेको एशोसियसनको कानपुर युनिटका अध्यक्ष मुकिम कुरैशीले बताए ।

सो सम्मेलनमा भारत र नेपालका दुईसय बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्राविधिक विश्वविद्यालयको कार्यालय खजुरामा रहने

१४ कार्तिक २०८०, मंगलवार १४:१४
नेपालगञ्ज : लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय बाँकेको खजुरास्थित हाल गाउँपालिकाको कार्यालयमा स्थानान्तरण हुने भएको छ । गाउँपालिकाको नयाँ भवन खजुरा –३ ‘बी’ गाउँमा निर्माणको अन्तिम चरणमा पुगेकाले स्थानान्तरण भएपछि हाल खजुरा –४ ‘डी’ गाउँमा रहेको पालिका भवनमा विश्वविद्यालयको केन्द्रीय कार्यालय रहनेछ । विश्वविद्यालयका रजिष्ट्रार रेगबहादुर भण्डारीले विश्वविद्यालयका लागि उपलब्ध […]

सम्बन्धित