‘सिकलसेल’ स्थानीयत तहबाटै परीक्षण गरिने

५ असार २०७५, मंगलवार २०:३४
 

सदरलाइनडटकम
५ असार, बर्दिया : ५ नंम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रत्येक स्थानीय तहमा सिकलसेल एनेमिया परीक्षण गर्न ल्याव स्थापना गरिने बताएका छन् ।
उनले मंगलबार बर्दियाको बारबर्दिया नगरपालिका र सिकलसेल एनिमिया सोसाईटी (स्कास) नेपालले १० औं विश्व सिकलसेल एनेमियासम्बन्धी सचेतना दिवसमा आयोजित कार्यक्रममा सिकलसेलको सञ्चार पैरवी गर्ने सञ्चारकर्मीलाई सम्मान गर्दै सो कुरा बताएका हुन ।
सामाजिक विकास मन्त्री बरालले बाँके, बर्दिया र दांग गरी ५ नम्बर प्रदेश अन्तर्गतका ३ जिल्लाका सबै स्थानीय तहमा सिकलसेल एनेमिया रोग परीक्षण गर्ने गरी प्रयोगशाला स्थापना गरिने गरी तयारी गरेको जानकारी दिए ।
सो अवसरमा सिकलसेल एनिमियाको विषयमा समाचार संकलन एवं प्रसारण गर्ने बाँकेका सञ्चारकर्मी रुद्र सुवेदी, जे पाण्डे, कृष्ण अधिकारी, विश्वराज पछलडङग्या, रेजिना मल्ल लगायतका ७ जना संचारकर्मीहरुलाई समेत सम्मान गरिएको थियो ।
बंशानुगत यो रोग रगतको मात्रा कम हुने, जण्डिस देखा पर्ने, जोर्नी लगायत शरिरका अन्य भागहरु दुख्ने यो रोगका लक्षणहरु हुन । तीन बर्ष अघिदेखि नेपालमा सिकलसेलको उपचार सुरु गरिएको छ । हाल नेपाल सरकारले सिकलसेल ऐनेमिया रोग लागेका ब्यक्तिहरुको उपचारमा समेत १ लाख रुपैया उपचार खर्च निशुल्क गर्ने गरेको छ ।
प्रदेश सांसद टिकाराम शर्माले सरकारले सिकलसेल र फाल्सेमियाको लागि विभिन्न खालका सचेतना कार्यक्रम सञ्चालनमा ल्याउनु पर्ने कुरामा जोड दिदै आफुले पनि सक्दो पहल गर्ने बताए ।
भेरी अञ्चल अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेण्ट डा.राजन पाण्डेले प्राय सिकलसेल ऐनेमिया रोगबाट संक्रमित भएका बाबु आमाबाट जन्मने बच्चामा यो रोग देखिने बताए । उनले रोगलाई रोकथाम गर्न विवाह गर्दा चेकजाँच गरेर मात्र विवाह गर्न सुझाव दिएका हुन् ।
बर्दियाको बारबर्दिया नगरपालिकाले सबै थारुजातिका ब्यक्तिहरुको रगत परिक्षण गरी रोग नदेखिएकाहरुका लागि हरियो कार्ड, सामान्य रोग देखिएकाहरुका लागि पहेलो कार्ड र रोगको संक्रमण बढी देखिएकाहरुलाई रातो कार्ड उपलक्ध गराउने र ९ कक्षामा अध्ययनरत विद्यार्थीहरुका लागि पाठयक्रम तयार गरी पढाउने ब्यवस्थापन गर्न थालेको नगर प्रमुख दुर्गाबहादुर थारुले बताए ।
लामो समय रोग पहिचान नहुँदा धेरै थारु समुदायका ब्यक्तिहरुले पीडायुक्त जीवन जिउन बाध्य भए । अब स्थानीय तहमा नै रोगको पहिचान एवं उपचार हुने भएपछि उक्त रोगको पीडाबाट रोगीहरु मुक्त हुने भएका छन् ।   

Next Post

नेपालगन्जको वडानं. १० मा बालमैत्री योजना छनौट

५ असार २०७५, मंगलवार २०:३४
सदरलाइनडटकम ५ असार नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा न १० मा वडास्तरिय बाल भेलाले आगामी वर्षका लागि बालमैत्री योजना छनौट गरेको छ ।बालबालिकाको क्षेत्रमा लगानी गरौं, बालमैत्री स्थानीय तह निर्माण गरौं, भन्ने नारालाई सार्थक बनाउन आर्थिक वर्ष ०७५÷०७६ का लागि बालमैत्री योजना निर्माण गर्न वडास्तरका बालबालिका जुटेका हुन् । आठ […]