लुम्बिनीमा हालसम्म ३३ लाखभन्दा धेरैमा कोरोना विरुद्धको पहिलो डोज

सदरलाइन संवाददाता १७ माघ २०७८, सोमबार १५:२४
 

नेपालगन्ज : लुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् ।

स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले सोमबार घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा ३२ लाख ७३ हजार ३२९ जनाले पहिलो डोज खोप लगाएको जानकारी दिएको हो ।

तीमध्ये २४ लाख २६ हजार ६८० जनाले दोस्रो डोज खोप लगाएका छन् । प्रदेशभर १२ वर्ष माथिका ३९ लाख ६७ हजार ६७४ जना व्यक्ति रहेको अनुमान छ । तीमध्ये एक दशमलव ८१ प्रतिशत अर्थात् दुई हजार ४११ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।


प्रदेशमा अहिले सात हजार ६४१ जना सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये १३१ जना अक्सिजनसहितको उपचारमा, २१ जना आइसीयू, दुई जना भेन्टिलेटर र अन्य बिरामी घरमै रहेका छन् ।

प्रदेशमा ११ लाख चार हजार ३५२ डोज खोप आवश्यक रहेको र अहिले १० लाख ८३ हजार ४७७ डोज खोप मौज्दात रहेको मन्त्रालयका सचिव डा विकास देवकोटाले जानकारी दिए ।

कोरोना सङ्क्रमण यता लुम्बिनी प्रदेशमा करिब ७ लाख जनाको कोरोना जाँच भएको र तीमध्ये एक लाख ३३ हजार ७६६ जना सङ्क्रमित भएका थिए । प्रदेशभरको कूल जनसङ्ख्याको १९ दशमलब १४ प्रतिशत नागरिक सङ्क्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

१७ माघ २०७८, सोमबार १५:२४
  कञ्चनपुर : कञ्चनपुरमा आइतबार स्कुटर दुर्घटना हुँदा एकको मृत्यु भएको छ। भीमदत्त नगरपालिका(३ का ४५ वर्षीय पुरन चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले जानकारी दिए। बिचपुरीबाट नौलाखेततर्फ जाँदै गरेको से ७ प ७१४६ नम्बरको स्कुटर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरी निरीक्षक भट्टले बताए। उनका […]