सदरलाइनडटकम
२८ जेठ, नेपालगन्ज : काठमाडौंको शंखमुलस्थित यूएन पार्क ललितपुरका गुन्डा अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ । मोस्ट वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्न महाशाखाको टोली त्यहाँ पुगेको थियो । तर, प्रहरी टोलीमाथि जाइलागेपछि गोली चलाउनु परेको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए ।
घटनास्थलबाट प्रहरीले एउटा पस्तोल र दुई राउण्ड गोली समेत बरामद गरेको छ । लामालाई एउटा गोली लागेको छ । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।
को हुन् लामा ?
गुन्डा नाइके लामा प्रहरीमा ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजी सूचीमा थिए । उनले ललितपुरको सातदोबाटो लगायका क्षेत्रमा व्यवसायीलाई धम्क्याएर अवैध रकम असुली गर्ने गरेको उजुरी आएपछि प्रहरीले निगरानी बढाएको थियो । उनी काभ्रेली समूहका दावा लामाको समेत सहयोगी भएको प्रहरीको भनाइ छ ।
Next Post
‘सबै उजुरी एकै पटकमा छानविन गर्न सकिदैन’
२८ जेष्ठ २०७५, सोमबार १४:२५
सम्बन्धित
-
२९ कार्तिक २०७६, शुक्रबार १०:३०
विप्लव समुहका जाजरकोट ईन्चार्ज वली कोहलपुरमा पक्राउ
-
२ आश्विन २०७८, शनिबार १२:४७
बँदेल मार्ने पासोमा परी बर्दियामा तीन जनाको मृत्यु
-
१९ आश्विन २०७६, आईतवार १८:१७
रानीतलाउमा डुबेर भित्रकोटिको मृत्यु
-
२ श्रावण २०७९, सोमबार १३:३०
बाँकेमा लागुऔषध मुद्दाका फरार २ जना पक्राउ
-
१४ चैत्र २०७७, शनिबार १४:४९
साथीले चलाएको बन्दुकको गोली लागेर एक जनाको मृत्यु
-
२६ आश्विन २०७७, सोमबार ०७:१२
बाँके प्रहरीको पर्व विषेश सुरक्षा योजना सार्वजनिक