बाँकेमा यौनजन्य गतिविधि गर्ने १० जना पक्राउ

सदरलाइन संवाददाता १९ भाद्र २०७८, शनिबार १४:०९
 

नेपालगञ्ज : यौनजन्य गतिविधिविरुद्ध बाँके प्रहरीले कडाइ गरेको छ । नेपालगञ्ज, कोहलपुर, राँझा, चप्परगौरी, गाभर होमस्टेलगायत क्षेत्रमा यौनजन्य गतिविधि बढेको पाइएपछि प्रहरीले निगरानी बढाएको हो ।

यहाँ साना तथा ठूला होटल तथा कटेजहरुमा यौनजन्य गतिविधि हुने गरेका प्रहरीलाई गुनासो आउने गरेका छ्न । त्यहीँ भएर बाँंके प्रहरीले निगरानी बढाएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

यहाँसम्मकी पछिल्लो समया ग्रामीण क्षेत्रका नास्ता पसलमा पनि यौनजन्य गतिविधि हुन थालेका छ्न । त्यसैक्रम हवल्दारपुरस्थित कल्पना पन्थी नास्ता पसलमाबाट यौनजन्य गतिविधिमा संलग्न १० जनालाई पक्राउ गरिएको डिएसपी न्यौपानेले बताए ।


शुक्रबार राती ६ जना युवक र ४ जना युवतीलाई पक्राउ गरिएको हो । यौनजन्य गतिविधि भैरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले छापा मारेको थियो ।

सञ्चालक भने फरार भएको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका उनिहरु पेशेवर यौनकर्मी हुन व होइनन् भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

पछिल्लो समय भारतीय नागरिकहरु यौनप्यास मेटाउन नेपालगञ्ज आउने गरेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा यसपाली पनि रामलीला नगरिने

१९ भाद्र २०७८, शनिबार १४:०९
नेपालगञ्ज : नेपालगञ्जमा यस पाली पनि रामलीला सञ्चालन नगरिने भएको छ । प्रत्येक वर्ष विजयादशमीका अवसरमा नेपालगञ्ज १३ स्थित रामलीला मैदानमा रामलीला मञ्चन गरिदै आइएपनि गतवर्षदेखि भौतिक रुपमा रामलीला गरिएको छैन । यसपाली विजयादशमी असोज २९ गते परेको छ । कोरोनाका कारण भेला, महोत्सवहरु गर्न नमील्ने भएका कारण यसपाली रामलीला […]