कोहलपुरको पिपिरी चोकमा शंकास्पद बस्तु फेला

सदरलाइन संवाददाता ७ भाद्र २०७९, मंगलवार १२:५८
 

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका वडा नं. ८ पिपिरी चोकमा शंकास्पद बस्तु फेला परेको छ । रत्नराजमार्ग अन्तर्गत सुर्खेत नेपालगञ्ज सडकखण्डको पिपिरी चोकमा बम जस्तो देखिने शंकास्पद रातो वस्तु फेला परेको प्रहरीले जनाएको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार पलाष्टिकले बेरेर करीब एक हात बराबरको रातो स्टिल बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो । मंगलबार नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विपलव नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।


उक्त शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोली बोलाइएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । बम जस्तो बस्तु देखिएपछि नेपालगञ्ज तर्फ आउने सवारी साधनलाई पश्चिम तिरको बाटो प्रयोग गराईएको छ ।

बन्दका कारण कोहलपुर सहित लुम्बिनी प्रदेशका कुनै पनि जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन । राति छुटेका गाडीहरुलाई भने प्रहरीले बिहान स्कटिङ गरेर गन्तव्यसम्म पठाएको थियो तर केही माल बाहक लहरीहरु भने चप्परगौरीमा रोकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बन्दको मौका छोपी आफ्नै टिप्परमा आगजनी

७ भाद्र २०७९, मंगलवार १२:५८
नेपालगञ्ज : बिमा रकमको लोभमा परी दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन् । चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ । घोराही लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ […]