उप–मेयर क्रिकेट प्रतियोगितामा साईनिङ स्टार र जनज्योती विजयी

२७ जेष्ठ २०७५, आईतवार २०:००
 

सदरलाइनडटकम
२७ जेठ, कोहलपुर (बाँके) : प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोेहलपुरमा जारी प्रथम माविस्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार भएका खेलमा साईनिङ स्टार मावि र जनज्योती मावि बिजयी भएका छन ।
पहलो खेलमा साईनिङ स्टार माविले । ग्रिनपिसका मावि विरुद्ध २ रनको रोचक जित निकालेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको साईनिङ स्टारले निर्धारित १५ ओभरमा ९८ रन जोडेको थियो । जसका लागि सुरक्षाले ३१, मोनिका रानाले २३ र सिम्रन धामीले १४ रन जोडेका थिए ।
९९ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको ग्रिनपिस माविका खेलाडीहरु ९६ रनमै समेटिएका थिए ।
ग्रिनपिसका लागि लब्ली विष्ट (१७) बाहेक अरु खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन् । सो खेलको वमन अफ द म्याच साईनिङ स्टारकी खेलाडी सुरक्षा परियार घाषित भईन ।
प्रतियोगिता अन्तर्गत आईतबार सम्पन्न दोस्रो खेलमा जनज्योती माविले दिब्यबिद्या सदन कोहलपुरलाई फराकिलो रन र ६ विकेटको अन्तरले पराजित गर्दैे जित निकालेको हो ।
पहिले ब्याटिङ गर्दै जनज्योती माविले १ सय ९५ रनको बिशाल स्कोर खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्ता पाएको जनज्योतीका लागि जुना बुढा मगरले र समिक्षा विकले अबिजित रहँदै क्रमशः ५९ र ४५ रन जोडेका थिए भने सुहाना चन्दले ३८ रन जोडेकी थिईन ।
१ सय ९६ रनको बिशाल लक्ष्य पाएको दिब्यबिद्या सदन निर्धारित १५ ओभरमा ५५ रनमै समेटिएको थियो ।
खेलको वमनअफ द म्याच सर्वाधिक रन बनाउन सफल जनज्योती माविकी खेलाडी जुना बुढा मगर घोषित भईन ।
आगामी असार ३ गतेसम्म संचालन हुने प्रतियोगिता अन्तर्गत सोमबार बिहान सरस्वती मावि र वागेश्वरी एकेडेमी बिच खेल हुने छ भने दोस्रो खेलमा लक्ष्मी मावि र सगरमाथा ज्ञानपुञ्ज प्रतिस्प्रर्धामा उत्रने आयोजकले जनाएको छ ।   

Next Post

अग्नी नियन्त्रण तथा उद्धार तालिम समापन

२७ जेष्ठ २०७५, आईतवार २०:००
सदरलाइनडटकम २७ जेठ, नेपालगन्ज : नेपालगन्ज उप–महानगर र नगरपालिका क्षेत्रीय अध्यन केन्द्रको आयोजनामा उप–महानगरस्तरिय स्वयंसेवकहरुका लागि सञ्चालित १० दिने आधारभुत अग्नी नियन्त्रण तथा उद्धार तालिम सम्पन्न भएको छ । प्रत्येक वडाबाट प्रतिनिधित्व हुने गरी ५० जनाको सहभागिता रहेको सो तालिमको समापन समारोहमा बोल्दै उप–महानगरका प्रमुख डा धवल शम्शेर राणाले अग्नी […]