अग्नी नियन्त्रण तथा उद्धार तालिम समापन

२७ जेष्ठ २०७५, आईतवार २०:१८
 

सदरलाइनडटकम
२७ जेठ, नेपालगन्ज : नेपालगन्ज उप–महानगर र नगरपालिका क्षेत्रीय अध्यन केन्द्रको आयोजनामा उप–महानगरस्तरिय स्वयंसेवकहरुका लागि सञ्चालित १० दिने आधारभुत अग्नी नियन्त्रण तथा उद्धार तालिम सम्पन्न भएको छ ।
प्रत्येक वडाबाट प्रतिनिधित्व हुने गरी ५० जनाको सहभागिता रहेको सो तालिमको समापन समारोहमा बोल्दै उप–महानगरका प्रमुख डा धवल शम्शेर राणाले अग्नी नियन्त्रण तथा उद्धार तालिमले हरेक खाले विपदबाट जोगीने र जोगाउने बातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे । नगर प्रमुख डा राणाले चुनौतीसँगै अवसर पनि रहेको भन्दै सहभागीलाई व्यवसायिक क्षेत्रमा क्रियाशिल हुन आहवान गरे ।
उप–महानगरपालिकाका उपप्रमुख उमा थापामगरले सहभागीलाई प्रमाण पत्र प्रदान गर्दै प्राविधिक ज्ञानले विपद व्यवस्थापनमा सघाउ पुग्ने भन्दै वडास्तरमा समेत लैजानुपर्ने आवश्यक्ता महसुस भएको बताईन ।
तालिम प्रशिक्षक नरेशराज कुवरले स्वयंसेवकका लागि गरिएको लगानीले विपद व्यवस्थापनमा उप–महानगरपालिका सम्वेदनशिल र जिम्मेवार छ भन्ने प्रमाणित गरेको दाबी गरे ।
तालिममा दमकल परिचालन, चुनौती, अग्नी नियन्त्रण, मानव उद्धार, व्यक्ति सुरक्षा, सामाग्रीको सही प्रयोग लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । नगरपालिका क्षेत्रीय अध्यन केन्द्रका फोकलपर्सन राजन केसीले सञ्चालन गरेको कार्यक्रममा सहभागीको तर्फबाट निराजन वजगाईले तालिमको अनुभव सुनाएका थिए ।

Next Post

२८ जेठ २०७५ सोमवारको राशिफल

२७ जेष्ठ २०७५, आईतवार २०:१८
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको योजना बन्नेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ । आँटेकोे र ताकेको कार्यहरू पुरा होलान् । रमाइलो यात्राको योग रहेको छ ।   मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति […]