६० विपन्न बालबालिकालाई छात्रबृद्धि प्रदान

२७ जेष्ठ २०७५, आईतवार १७:२९
 


सदरलाइनडटकम
२७ जेठ, नेपालगन्ज :  सामाजिक विकास मञ्चले युवासशक्तिकरण बुल्गारी परियोजना अन्तरगत नेपालगन्ज उपमहानगरपालिकाका माध्यामिक कक्षा अध्ययनरत ६० जना विपन्न गरिव सिमान्तकृत तथा आर्थिककारणले पढाइमा समस्या भएका बालबालिकाहरुलाई छात्रबृत्ति प्रदान गरिएको
हो ।
मञ्चका जिविकोपार्जन अधिकृत भुपालसिंह बोहराका अनुसार प्रति ब्यक्ति चार हजारका दरले छात्रबृत्ति सहयोग गरिएको हो । मंगल श्रोत केन्द्रमा संस्थाका बरिस्ठ सल्लाहकार घनश्याम उपाध्यायको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपालगन्ज— ७ का अध्यक्ष जुम्मन खाँ, वडा न.ं ८ का अध्यक्ष उज्जल सिंह राठौर, सेभ द चिल्ड्रेनका कार्यक्रम प्रवन्धक रत्नराज ओझा, पौरखी बहुउदेस्य संस्थाका अध्यक्ष हरि प्रसाद तिमिल्सीना, सातवटै माध्यामिक विध्यालयका शिक्षक, छात्रवृतीका लागि छनौट भएका बिद्यार्थी तथा तिनका अविभावकहरुको उपस्थिती रहेको जिविकोपार्जन अधिकृत बोहोराले बताए ।
सेभ द चिल्ड्रनको साझेदारीमा मञ्चले सन २०१६ देखि यो कार्यक्रम संचालनमा ल्याएका हो । सातवटा माध्यामिक विध्यालयलाई कार्य क्षत्र बनाएर यस परियोजना अन्तरगत उपचारात्मक, कक्षा जिवन उपयोगी सिप कक्षा, बालसमुह गठन पुनर्गठन, अतिरिक्त कृयाकलापमा सहयोग तथा विध्यार्थी नियमितताका लागि अन्य बालबालिका केद्रित कृयाकलापहरु गर्दै आएको छ ।
बितरण कार्यक्रममा बोल्दै सेभ द चिल्ड्रेनका कार्यक्रम प्रवन्धक रत्नराज ओझाले विध्यार्थी नियमितताकालागी बालबालिका र परिवारले आवश्यकता अनुसार खर्च गर्नसकुन भनेर छात्रवृतीको रुपमा नगद उपलब्ध गराएको र यसबाट विध्यार्थी नियमितता बढ्ने विश्वास ब्यक्त गरे । साथै सेभ द चिल्ड्रन बालबालिकाको क्षेत्रमा काम गर्ने भएकोले यस अन्तरगत संचालित कृयाकलापहरु बालबालिकाहरुको चौतर्फी विकासमा केन्दित रहेको बताए । कार्यक्रमा अतिथीको रुपमा बोल्दै वडा नं. ७ का अध्यक्ष जुम्मन खाँ ले वडाका सबै बालबालिकाहरुलाई विध्यालय भर्ना तथा नियमितताका लागि वडामा काम भैरहेको बताउदै सहयोग कार्यक्रमले बिद्यार्थी नियमिततामा बृद्दी हुने विश्वास ब्यक्त गरे साथै अवका दिनमा वडा बाट सिफारिस दिदा सो घरको वालबालिका विध्यालय गएनगएको सुनिश्चीतता गरिने बताए ।
छात्रवृति पाएका ६० जना बालबालिकाहरुले यो वर्ष जम्मा प्रति ब्यक्ति दश हजार प्राप्त गर्ने छन । जसमध्य यो कार्यक्रमा सो को ४०प्रतिसत चार हजार प्राप्त गरे भने दोश्रो र तेश्रो किस्ता क्रमश कार्तिक र पुष तिर प्रदान गरिने छ ।

Next Post

दुव्र्यसन बिरुद्धको दिवश मनाइने

२७ जेष्ठ २०७५, आईतवार १७:२९
सदरलाइनडटकम २७ जेठ, नेपालगन्ज :  लागुऔषध दुव्र्यसन बिरुद्धको अन्र्तराष्ट्रिय दिवशको अवसर पारेर नेपालगन्जमा बिभिन्न कार्यक्रमको आयेजना गरिने भएको छ । लागुऔषध बिरुद्ध जनचेतनामुलक कार्यक्रम गर्ने उदेश्यले आईतबार परिवर्तन समूहको अगुवाईमा भएको पूर्वतयारी छलफल गरिएको छ । छलफलमा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसी, प्रहरी तालिम केन्द्रका एसएसपी दिपक बोहर,ा जिल्ला […]