सदरलाइनडटकम,
दैलेख : दैलेखको मुङ्ग्राहामा गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । गुराँस गाउँपािलका–४ मुङ्ग्राहामा भे १ ज १०२९ नम्बरको गाडी दुर्घटना भएको हो ।
सुर्खेतबाट दैलेखका लागि छुटेको गाडी शुक्रवार मध्यान्ह दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको छ । मृत्यु हुनेको नाम खुलेको छैन ।
