सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जदेखि लखनउसम्मको लागि आरामदायि बस नेपालगञ्जबाटै सञ्चालनमा आउने भएको छ ।
नेपालगञ्ज तथा आसपासका जिल्लाहरुबाट औषधि उपचार तथा किनमेलका लागि जानेहरुको सुविधालाई ध्यानमा राखेर भेरी यातायात प्रालिले उत्तर प्रदेश परिवहन निगमसंगको सम्झौता गरी आगामी भदौ २२ गतेदेखि नेपालगञ्ज–लखनउ सिधा बस सेवा सञ्चालन गर्न लागेको हो ।
भेरी यातायात प्रालिले यस अघि नेपालगञ्ज– दिल्ली नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गर्दै आएको छ । नेपालगञ्जको कारकाँदो चौकमा टिकट काउन्टर राखेर नेपालगञ्जबाट लखनउको लागि विहान ८ बजे र लखनउको केशरबागबाट राती सवा ९ बजे बस सञ्चालन हुने भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरिले जानकारी दिए ।
नेपाल भारत मैत्री बस सञ्चालनसंगै जंगबहादुरको सपनाको शहर नेपालगञ्जबाट नवावहरुको शहर लखनउ आउन जानको लापिग अत्यन्तै सहज र सुविधा युक्त हुने विश्वार गरिएको छ ।
