तस्करसँगको साँठगाँठमा खुलेआम प्रतिबन्धित चल्लाको अबैध कारोबार

२८ फाल्गुन २०७४, सोमबार २०:००
 

सदरलाइनडटकम 
२८ फागुन, नेपालगन्ज  : अवैधरुपमा भारतबाट कुखुराका चल्ला भित्रिन थालेपछि त्यसको रोकथामको लागि कुखुरापालक किसान आफै एकजुट हुन थालेका छन् । बर्दियाको बाँसगढीमा भारतबाट ल्याउँदै गरेको अबैध बोईलर कुखुराका चल्ला बाँसगढीका कुखुरा पालक किसानले पक्राउ गरेर ईलाका प्रहरी कार्यालय बाँसगढीमा बुझाएका हुन ।
ईलाका प्रहरी कार्यालय बाँसगढीका अुनुसार भे १ च २२४३ नं को पिकअप भ्यानमा कोहलपुरतर्फ ल्याउदै गरेको ५ हजार १ सय वटा चल्ला कुखुरा पालक किसानहरुले नै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो ।
प्रहरीका अनुसार सो चल्ला बाँके, बर्दिया, सुर्खेत लागायत पहाडी जिल्लाहरुमा पु¥याउने गरेको पाईएको छ । प्रहरी प्रशासनको मिलेमतोमा लामो समयदेखि अबैध चल्ला सीमा नाका बलैगाउ र बर्दियाको जमुनी हुँदै नेपाल भित्रिने गरेको एक कुखुरा पालक कृषकले बताए । उनका अनुसार तस्करहरुले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका घुमुवालाई र ती मार्फत जिल्ला तथा क्षेत्रसम्मका प्रहरी अधिकारीहरुलाई लाइन दिएर पिकअप भ्यान मै चल्ला तस्कर गर्ने गरेको दाबी गरे ।
भारतमा उत्पादन भएर बिक्री योग्य नभएका चल्ला नेपालमा बिक्रीका लागि तस्करहरुले नेपाल भित्राउने गरेको पशु चिकित्सक कृष्ण कुवरले बताए । उनले सो चल्ला बिक्री गरेपछि उच्च मुनाफा हुने भएकाले तस्करहरुले ठुलो रकम प्रहरी प्रशासनलाई लाइन दिएरै नेपाल भित्राउने गरेका हुन ।

तस्करको सहयोगी प्रशासन

    सीमा नाका बलैगाउदेखि बाँसगढीसम्मको दुरि झण्डै २० किलोमिटर छ । सो दुरि भित्र सीमा प्रहरी चौकि जमुनी, ईलाका प्रहरी कार्यालय मैनापोखर र सशस्त्र प्रहरीको सीमा सुरक्षा बल लगायतका प्रहरी पोष्टहरु छन् ।
स्थानीय बासिन्दाले आईतवार र बुधवार राति भारतबाट अबैध चल्ला भित्रने गरेको भन्दै पटक–पटक लिखित तथा मौखिक उजुरी दिने गरेको भएपनि प्रहरी प्रशासनले पिकअप भ्यानमै लोड गरेर ल्याइएका चल्लाहरु पक्राउ नगरी त्यतिकै छाडिदिने गरेको छ ।
आईतबार राति मात्रै पनि प्रहरीका कार्यालय अगाडिबाटै बाँसगढी पुगेपछि स्थानीयले गाडि नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालयमा बुझाउनु प¥यो । स्थानीयका अनुसार मासिक १० हजारसम्म लिने गरेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका घुमुवाले स्कटिङ्गमै कोहलपुरसम्म पु¥याउने र विभिन्न नेपाली ह्याचरी उद्योगहरुको लोगो भएको कार्टुन प्रयोग गरी पहाडी जिल्लाहरुमा पुया¥उने गरेको हो ।
बाँके खजुराका कुखुरा पालक कृषक राजकुमार बिकले आईतबार राति कुखुराका चल्ला आउने भन्ने सूचना जिल्ला प्रहरी कार्यालय बर्दिया, ईलाका प्रहरी कार्यालय बाँसगढी, मैनापोखर तथा जमुनीलाई गराएको भएपनि प्रहरीले पक्राउ गर्नुको सट्टा किसानहरुले पक्राउ
गरेर प्रहरीलाई बुझाउनुले प्रशासनको मिलेमतो देखिएको दाबी गरे ।


रिजेक्ट चल्ला नेपालमा

भारतीय सीमा क्षेत्रवाट उत्पादित चल्ला मध्ये गुणस्तरहिन चल्ला नेपालमा आउने गरेको छ । अर्थात कम्पनीले रिजेक्ट गरेका चल्ला नेपालमा आउने गरेको हो । रिजेक्ट गरेका चल्ला अति न्युन मुल्यमा भारतीय र नेपाली तस्करहरुको मिलेमतोमा सीमा बजार हुदै नेपाल भित्रने गरेको हो ।
नेपालमा बोईलरका चल्लाको मुल्य उच्च रहेको बेला गुणस्तरहीन चल्ला भित्र्याएर तस्करहरुले मोटो रकम कमाउने उद्देश्यले चल्लाहरु नेपाल भित्रने पशु चिकित्सक कुवरले बताउछन् । उनले गुणस्तरहिन चल्लाले दाना खाए अनुसार वृद्धि नहुने भएकाले किसानले चाहे अनुसार फाईदा लिन नसक्ने बताए । नेपालमा भारतबाट पक्षि र पंक्षि जन्य पदार्थ नेपालमा आयात गर्न प्रतिवन्ध छ ।
बाँके र बर्दियाका घुमुवा प्रहरी बिच लाइन खाने विषयमा तछाड मछाड हुने गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर, सशस्त्र प्रहरी बल त्रिपुरा गण र बाँकेमा रहेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका घुमुवाहरुले लाइन खाएर बाटो किलियर पार्दै भारतीय चल्लाहरु भित्रने गरेको एक अवैधरुपमा कारोवारो गरि रहेका व्यवसायीले स्विकारे ।

Next Post

अवधि भाषामा विद्युतिय पाठ्यसामग्री निर्माण गरिदै

२८ फाल्गुन २०७४, सोमबार २०:००
सदरलाइनडटकम २८ फागुन, नेपालगन्ज : बाँके युनेस्को क्लवले विश्व शिक्षाको सहकार्यमा अवधि भाषाका बालबालिकाकालाई लक्षित गर्दै उनीहरु कै मातृ भाषामा शिक्षा ग्रहण गर्न सजिलोका लागि पाठ्य सामग्री निर्माणको पहल थालेको छ । लोप हुन लागेको अवधि भाषालाई विद्यालयस्तरबाट नै बालबालिकालाई सिकाउने उद्देश्यले सामाग्री निमार्णका लागि २२ जना अवधी लेखकहरुका लागि […]