सिस्ने–३ का वडा सदस्य अफिमसहित नेपागन्जमा पक्राउ

२७ जेष्ठ २०७५, आईतवार १५:३९
 

सदरलाइनडटकम
२७ जेठ, नेपालगन्ज  : सिस्ने गाउपालिका वडा नं.३ का वडा सदस्य सहित ३ जना प्रतिबन्धित लागू औषध अफिमकोसहित बाँके प्रहरीको फन्दामा परेका छन् । प्रहरी उनीहरुलाई नेपालगन्जको एक होटलबाट नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक टेकबहादुर तामाङ्गले नेपालगन्ज उप–महानगर–१ मा रहेको दैलेखि जय होटलको कोठा नं. २०४ बाट ६ किलो ५ सय ग्राम अफिमसहित वडा सदस्य ४० वर्षिय मनबहादुर खत्री सहित ३ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।
उनले भने–‘प्रहरीलाई प्राप्त सुचनाको आधारमा ५ नं. प्रदेश अनुसंन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरीको टोलीले होटलको कोठा नंं २०४ बाट वडा सदस्य खत्री, रुकुम सिस्ने–४ का ३७ वर्षिय भुपेश खड्का, वडा नंं.३ का २६ वर्षिय बमबहादुर खड्कालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेका छौ ।’
उनले अफिम सहित पक्राउ परेका खत्री गत वर्ष भएको स्थानीय निर्वाचनमा सिस्ने गाउपालिका वडा नं. ३ मा नेपाली काँगे्रसबाट विजयी वडा सदस्य समेत भएको जानकारी दिए । प्रहरी उपरीक्षक तामाङ्गले पक्राउ परेका तीनै जना मध्यम किसिमको कारोबारी भएको प्रहरी अनुसंधानको क्रममा भेटेको बताए ।
उनले भने–‘यो उद्दगम स्थल रुकुममै प्रति किलोको १ लाख पर्ने र भारत पु¥याए यसको मूल्य प्रतिकिलो ५ लाख विक्रि हुने गरेको पक्राृउ परेका अभियुत्तबाट जानकारी पाईएको छ ।’
पक्राउ परेका तीनजनालाई लागू औषध ओसारपसार तथा नियन्त्रण ऐन २०३३ को दफा १४ (छ ३) बमोजिम १५ वर्षदेखि जन्म कैद र ५ लाखदेखि २५ लाखसम्म जरिवाना हुने कानूनी प्रावधान रहेको र सोही अनुरुप कारवाही हुने प्रहरी उपरीक्षक तामाङ्गले जानकारी दिए ।


 

Next Post

जथाभावी करले दुःख दिने काम भयो :  व्यवसायी

२७ जेष्ठ २०७५, आईतवार १५:३९
सदरलाइनडटकम २७ जेठ, नेपालगन्ज :  अनावश्यक राजश्व लिएर स्थानीय तहले दुःख दिएको बाँकेका नीजि क्षेत्रले गुनासो गरेका छन् । उनीहरुले करमुखी स्थानीय तह नसच्चिने हो भने व्यापार व्यवसाय गर्नै मुस्किल हुने दिन आउन सक्ने दाबी गर्दै समस्या समाधानका लागि पहल गरिदिन सरोकारवाला निकायसंग आग्रह गरेका छन् । आईतबार बिभिन्न बस्तुगत […]