जथाभावी करले दुःख दिने काम भयो :  व्यवसायी

२७ जेष्ठ २०७५, आईतवार १७:०४
 


सदरलाइनडटकम
२७ जेठ, नेपालगन्ज :  अनावश्यक राजश्व लिएर स्थानीय तहले दुःख दिएको बाँकेका नीजि क्षेत्रले गुनासो गरेका छन् । उनीहरुले करमुखी स्थानीय तह नसच्चिने हो भने व्यापार व्यवसाय गर्नै मुस्किल हुने दिन आउन सक्ने दाबी गर्दै समस्या समाधानका लागि पहल गरिदिन सरोकारवाला निकायसंग आग्रह गरेका छन् ।
आईतबार बिभिन्न बस्तुगत संगठनका अगुवाहरुले नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ र नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यलाई संयुक्तरुपमा ज्ञापनपत्र बुझाउँदै समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका हुन । नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व प्रवक्ता सञ्जय थापाले स्थानिय तहले करको भारी थप्ने काम मात्र गरेको बताउँदै भने,—‘थेग्नै नसक्ने गरी भारी बोकाउने काम भएको छ ।’
थापाले करमा दोहोरो चरित्र देखा परेको र करको दायरा बढाउनुको सट आकार बढाउने काम भएको बताए । उनले व्यवसायिक कर अवैधानिक र यथार्थपरक नभएको बताए । यस्तै अर्का व्यवसायी ललित रौनियारले करको बर्गिकरण अवैज्ञानिक रहेको र जथाभावी तोक्ने काम भएको जिकिर गरे । कार्यक्रममा बोल्दै नेपाल उद्योग वणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ र नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले करको समस्याका बिषयमा स्थानीय तहलाई अझै बुझाउन बाँकी रहेको बताए ।

Next Post

६० विपन्न बालबालिकालाई छात्रबृद्धि प्रदान

२७ जेष्ठ २०७५, आईतवार १७:०४
सदरलाइनडटकम २७ जेठ, नेपालगन्ज :  सामाजिक विकास मञ्चले युवासशक्तिकरण बुल्गारी परियोजना अन्तरगत नेपालगन्ज उपमहानगरपालिकाका माध्यामिक कक्षा अध्ययनरत ६० जना विपन्न गरिव सिमान्तकृत तथा आर्थिककारणले पढाइमा समस्या भएका बालबालिकाहरुलाई छात्रबृत्ति प्रदान गरिएको हो । मञ्चका जिविकोपार्जन अधिकृत भुपालसिंह बोहराका अनुसार प्रति ब्यक्ति चार हजारका दरले छात्रबृत्ति सहयोग गरिएको हो । मंगल […]