बाँकेमा पौने तीन लाखको अवैध लत्ताकपडा बरामद

सदरलाइन संवाददाता १५ फाल्गुन २०७८, आईतवार १६:२१
 

नेपालगञ्ज : सशस्त्र प्रहरीले नेपालगञ्ज नाकाबाट लाखौं रुपैयाँ बराबरका अवैध लत्ताकपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले आइतवार बिहान ४ बजे नेपालगञ्ज १५ पिप्रहवा नाकाबाट अवैध सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।


ठुलो परिमाणमा लाखौं रुपैयाँ बराबरको लत्ताकपडा भारतबाट भन्सार छली गरि नेपालगञ्ज ल्याइदै गरेको बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी सहायक निरीक्षक भाटको कमान्डमा गएको टोलीले २ लाख ७२ हजार ३८० रुपैयाँ बराबरका अवैध लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका लत्ताकपडामा लेडिज सुट, लेडिज साडी, नेटको थानको कपडा, थानको कपडा, जेन्टस अन्डरवेयर रहेका छन् । बरामद गरिएका सबै अवैध लत्ताकपडालाई आबश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एक बालिकाको १० वर्षपछि भारतबाट उद्धार

१५ फाल्गुन २०७८, आईतवार १६:२१
नेपालगञ्ज : एक किशोरीको १० वर्षपछि भारतबाट उद्धार गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२ निवासी एक किशोरीलाई करिब १० बर्षपछि उद्धार गरी आइतवार पारिवारको जिम्मा लगाइएको हो । नेपालगञ्ज घरवारीटोल निवासी बावुलाल चमार र राधा चमारकी १६ वर्षीया छोरी मिरा चमारलाई उद्धार गरी पारिवारिक मिलन गराइएको हो । ६ बर्षको उमेरमा […]

ताजा अपडेट