
सदरलाइनडटकम,
कैलाली : कैलालीको लम्की–चुहा नगरपालिका ४ बलिया गाउँमा छोराले आफ्नै बुवा र ठूलाबुवाको हत्या गरेका छन् । बलिया गाउँका जहरीलाल चौधरीले बुवा चक्रा थारु र ठूलाबुवा पल्टु थारुको हत्या गरेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
उनलाई प्रहरीले पक्राउ गरेको छ । आमा दिलबहादी देवी चौधरीको टाउको र बायाँ कानमा चोट लागेको बताइएको छ । उनको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
श्रीमती माइत गएको र आफूलाई जानकारी नगराई किन माइत पठाएको भन्दै काठको खन्तीले बुवा, ठुला बुवा र आमालाई ढोका थुनेर हानेको जहरीलाल चौधरीले बयान दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि वलीले बताए । चौधरीले हत्या स्वीकार गरिसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।