‘स्मार्ट’ इन्सपेक्टरका ‘स्मार्ट’ योजना

२४ जेष्ठ २०७५, बिहीबार १२:२६
 


सदरलाइनडटकम
२४ जेठ, नेपालगन्ज : अपराध अनुसन्धान र शान्ती सुरक्षाको नेतृत्वदायी भुमिकामा ‘स्मार्ट’ मानिने नेपाल प्रहरीका प्रहरी निरिक्षक नारायण डाँगीले नेपालगन्ज उपमहानगरपालिकालाई हेर्ने वडा प्रहरीको जिम्मेवारी सम्हालेका छन् । वडा प्रहरी कार्यालयको इन्चार्जको रुपमा जिम्मेवारी सम्हाले लगत्तै बिहिवार बिहान प्रहरी निरिक्षक डा“गीले शान्ती सुरक्षाका लागि ‘स्मार्ट’ योजनाहरु सुनाउ“दै स्वयं पत्रकारबाट आवश्यक सल्लाह सुझाव समेत लिए ।
यसअघि प्रहरीको बिभिन्न दंगा गण र अपराध अनुसन्धान महाशाखामा काम गरेर अनुभव बटुलिसकेका प्रहरी निरिक्षक डाँगीले सुरुमै भने,—‘मेरो पहिलो काम त संगठनले दिएको जिम्मेवारी हरहालतमा पुरा गर्ने नै हो । त्ययस बाहेक आफ्नो क्षेत्रमा काम गर्दै जाने क्रममा आवश्यकताका आधारमा नया“ योजनाहरु कार्यान्वयन गर्ने हो ।’
प्रहरी निरिक्षक डा“गीले आफु नेपालगन्ज आउने बित्तिकै यहा“को ट्राफिक व्यवस्थापनको बिषयलाई मुख्यरुपमा उठाएको बताए । उनले सरोकारवाला निकायहरुसंग बसेर कसरी यसलाई समाधान गर्न सकिन्छ भनेर चासो दिएको उनले जानकारी दिए । यसका साथै लागुऔषधको नियन्त्रण जस्ता कामहरुमा आफु सजग र सचेत रहने पनि उनले बताए । ‘यसका साथै नेपालगन्जमा रहेको बिबिधतायुक्त समाजिक गुणलाई पहिचान गर्दै सबैमा एकताको भावना पहिल्याउन पनि हामी भुमिका खेल्छौ ।’—उनले भने ।

Next Post

आयल निगमका विवादास्पद हाकिम गोपाल खड्काले दिए राजीनामा

२४ जेष्ठ २०७५, बिहीबार १२:२६
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् । जग्गा खरिद भष्टाचार काण्डमा मुछिएपछि मन्त्रालय तानिएका खड्काले बिहीबार पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका हुन् । खड्कालाई ९ महिनाअघि सरकारले बर्खास्त गरेको थियो । त्यसपछि अदालत पुगेका उनी त्यहीको आदेशबाट निगम फर्केका थिए । तर, […]