आयल निगमका विवादास्पद हाकिम गोपाल खड्काले दिए राजीनामा

२४ जेष्ठ २०७५, बिहीबार १२:४२
 

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् ।

जग्गा खरिद भष्टाचार काण्डमा मुछिएपछि मन्त्रालय तानिएका खड्काले बिहीबार पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका हुन् ।

खड्कालाई ९ महिनाअघि सरकारले बर्खास्त गरेको थियो । त्यसपछि अदालत पुगेका उनी त्यहीको आदेशबाट निगम फर्केका थिए । तर, उनलाई आपूर्ति मन्त्रालयले मन्त्रालय हाजिर गराएर जिम्मेवारीबिहीन गराएको थियो ।

कार्यकाल ६ महिना हुँदा राजीनामा दिएका खड्काले निगमलाई मार्गप्रशस्त गर्न यस्तो निर्णय गरेकाे बताएका छन् ।


उनले देशी–विदेशी तत्वले सुनियोजित षड्यन्त्र गरेको आरोप समेत लगाउन भ्याए । ‘ममाथि देशी–विदेशी तत्वहरुले समेत षड्यन्त्र गरे’, खड्काले राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा भने ।

खड्काले अदालतले न्याय दिए पनि मन्त्रालयमा हाजिर गराएर जिम्मेवारीविहीन बनाएको भन्दै आक्रोस पोखे ।

खड्काले पत्रकार सम्मेलन गरेर आफूलाई गलत तत्वले मन्त्रालयमा ल्याएर थन्काएको आरोप लगाए । उनले आफू आएपछि निगमलाई ऋणमुक्त गराएको दावी गर्दै उनले आफूलाई ‘रत्नपार्कको ज्योतिष’ जस्तो बनाएको टिप्पणी गरे ।

नौ महिनासम्म मन्त्रालयमा सहेरै विना जिम्मेवारी बसेको तर, अब सहन नसकिने अवस्था आएपछि राजीनामा दिएको तर्क गरे ।

Next Post

स्मार्ट घडीको बजारमा पनि एप्पल पहिलो, टप फाइभमा को-को ?

२४ जेष्ठ २०७५, बिहीबार १२:४२
अमेरिकी कम्पनी एप्पल विश्वको स्मार्ट घडीको बजारमा पनि अग्रणी स्थान ओगट्न सफल भएको छ । सन् २०१८ को पहिलो त्रैमासिकको रिपोर्ट अनुसार स्मार्ट घडी जस्ता जिउमा लगाउने स्मार्ट डिभाइसहरुको विश्व बजारमा एप्पल पहिलो स्थानमा छ । रिसर्च फर्म आइडिसीको रिपोर्ट अनुसार विश्व बजारमा सन् २०१८ को पहिलो त्रैमासिकमा स्मार्ट घडीको […]