अटो दुर्घटनामा ४ जना घाइते

२३ जेष्ठ २०७५, बुधबार १३:५८
 

सल्यान । सुनौलीबजार देखि सल्लीबजार आउदै गरेको अस्थायी नम्बर से १ त ३९१४ नम्बरकोअटो आपखोलीको मोड्मा  दुर्घटना हुदा ४ जना घाइते भएका छन ।

घाइते हुनेमा सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा ५ वर्ष २२ कि कमला परियार, ११ महिनाका छोरा हेमन्त परियार, सोही वडाका वर्ष २३ का दिनेश परियार , र वडा ६ वर्ष ३१ कि गौरी गन्धर्व घाइते भएको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ ।  हिजो मात्र सन्चालनमा आएको अटो दुर्घटना भएको छ ।


अटो दुर्घटना तीब्र गतिको कारण भएको हुना सक्ने अनुमान गरिएको  छ । घाइते सबैलाई नेपालगन्ज नर्सिङ होममा उपचारको लागि लगिएको अस्थायी ट्राफिक प्रहरी कार्यालय सल्लीबजारका जिवलाल भुसालले जानकारी दिनु भएको छ । भने अटो चालक अहिले प्रहरी नियन्त्रणमा रहेको जानकारी दिएको छ ।

(पश्चिमनेपालबाट)

Next Post

फेसबुक ट्वीटरको विकल्पमा नयाँ सोसल मिडिया खोल्ने घोषणा

२३ जेष्ठ २०७५, बुधबार १३:५८
एकजना चर्चित इन्टरनेट व्यवसायीले फेसबुक तथा ट्वीटरको विकल्पका रुपमा उभिन सक्ने एउटा सोसल मिडिया प्लेटफर्म स्थापना गर्ने घोषणा गरेका छन् । मेगा अपलोड तथा मेगा जस्ता चर्चित क्लाउड कम्प्युटिङ कम्पनीका संस्थापक समेत रहेका किम डोक्टोमले फेसबुक र ट्वीटरलाई राज्यविरुद्धका गम्भीर अपराधीको संज्ञा दिँदै अब तिनीहरुको विकल्प खोज्ने बेला भएको बताएका […]