नेपालगञ्ज भन्सारले साउनमै उठायो १७७ प्रतिशत बढि राजस्व

सदरलाइन संवाददाता १४ भाद्र २०७७, आईतवार ०८:०९
 


रुद्र सुवेदी / नेपालगञ्ज : कोभिड–१९को कहरबाट जोगिन आव्हान गरिएको लकडाउनले गर्दा गत आर्थिक वर्षमा लक्ष्यमा पुग्न नसकेको नेपालगञ्ज भन्सार कार्यालयको राजस्व असुली भने चालू आर्थिक वर्षको साउन महिनामा भने उत्साहजनक असुली भएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले चालु आर्थिक वर्षको साउन महिनामै लक्ष भन्दा १७७ दशमलभ १३ प्रतिशत राजश्व असुली गरेको जानकारी दिए । भन्सार विभागले कार्यालयलाई ९८ करोड ७५ लाख ६ हजार रुपैयाँ लक्ष्य राखेकोमा साउन महिनामा लक्ष्य भन्दा बढी १ अर्ब ६७ करोड ८३ लाख ६३ हजार रुपैयाँ असुली गरेको हो ।

नेपालगञ्ज भन्सार कार्यालय प्रमुख निरौलाले भने–‘चालू आर्थिक वर्षको शुरु महिना साउनमा लक्ष्यभन्दा बढी राजश्व असुली गर्दा यसले वार्षिक लक्ष्य पूरा गर्ने आशा पलाएको छ ।’ विश्वव्यापीरुपमा फैलिएको कोरोनाका कारण गत आर्थिक वर्ष २०७६÷०७७ मा लक्ष्यमा पुग्न सकेको थिएन ।

१५ अर्ब ४३ करोड ७५ लाख ५१४ रुपैयाँ लक्ष्य राखेकोमा आर्थिक वर्ष २०७६÷०७७ मा नेपालगन्ज भन्सार कार्यालयमा ११ अर्ब ७७ करोड ८ सय २२ रुपैयाँ अर्थात ७६ दशमलव २५ प्रतिशत मात्र भन्सार राजश्व असुली गरेको थियो । तर, यही संकटकै वीच साउन महिनामा भने उत्साहजनक राजश्व असुली हुँदा नेपालगञ्ज भन्सार कार्यालयले अबको लक्ष्य सजिलै हासिल हुने अनुमान गरेको छ ।


नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख निरौलाले साउन महिनामा भएको राजश्व असुलीको प्रगतिले उत्साहित भएको बताउदै केही राम्रा व्यवसायीलाई प्रोत्साहन गर्दा उनीहरुले नेपालगञ्ज भन्सारलाई रोज्नु, रोकिएका औद्योगिक कच्चा पदार्थ नियमित हुनु, चोरी पैठारी कम भई एउटै नाकाबाट सामान भित्रिनु, मूल्यांकन र वर्गीकरणलाई यर्थातपरक बनाउँदा राजश्व असुली बढेको उनको दाबी छ ।

चालू आर्थिक वर्षमा नेपालगञ्ज भन्सार कार्यालयले १५ अर्ब १८ करोड ९२ लाख ८५ हजारको वाषर््िाक लक्ष्य राखेको छ । साउन महिनाकै अनुपातमा राजश्व असुली भएको खण्डमा लक्ष्य सजिलै पूरा हुने भन्सार कार्यालयले जनाएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयले कोरोना संक्रमणको त्रास र लकडाउनको कारण
गत आर्थिक वर्षमा कार्यालयलाई तोकिएको राजस्व ७६ प्रतिशत मात्रै उठाउन सकेको थियो । तर, अहिले साउन महिनामै लक्षको १७७ प्रतिशत उठाउन सकेको हो । राजधानी दैनिकबाट

Next Post

सडक दुर्घटना हुँदा बाँकेमा दुईको मृत्यु

१४ भाद्र २०७७, आईतवार ०८:०९
नेपालगञ्ज : छिमेकी बच्चालाई सर्पले डसेपछि उद्धारमा गएका एक शिक्षकको सडक दुर्घटनामा परि मृत्यु भएको छ । दुर्घटनामा सर्पले डसेको बालकको पनि मृत्यु भएको छ । आइतवार बिहान ३ बजे बाँकेको राप्तीसोनारी ८ शम्शेरगञ्जस्थित सशस्त्र प्रहरी चेक पोस्ट नजिकै ट्रकसँग ठोक्किएर भएको दुर्घटनामा राप्तीसोनारी गाउँपालिका १ कुसुमका ३२ वर्षीय शिक्षक […]